प्रधानमन्त्री ओली र गोकर्ण विष्टबीच बालुवाटारमा लामो छलफल

काठमाडौं । चर्को विवादले फुटको संघारमा पुगेको नेकपा एमालेभित्र संवादको सुरुआत भएको छ । पछिल्ला केहिदिन यता समस्या समाधानका लागि पार्टीका विभिन्न नेताहरूबीच छलफलले तिब्रता पाएको छ ।

विवाद समाधानका लागि केहिदिन यता प्रधानमन्त्री ओलीले पनि निकै सक्रियता देखाएका छन् । उनले विभिन्न नेताहरूलाई भेट्दै आइरहेका छन् । यसै क्रममा शुक्रबार दिउसो प्रधानमन्त्री ओली र माधव नेपाल समुहका प्रभावशाली नेता गोकर्ण विष्टबीच भेटवार्ता भएको छ ।

भेटका लागि प्रधानमन्त्री आफैले टेलिफोन गरेर बोलेको बताइएको छ । प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न विष्ट प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । बालुवाटार स्रोतका अनुसार उनीहरूबीच लामो छलफल भएको बताइएको छ । भेटमा भएको छलफलबारे खुलाईएको छैन ।

२७ वैशाखमा संसदबाट विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री ओलीले पार्टीका विभिन्न नेताहरूलाई भेटेर सहयोग गर्न आग्रह समेत गर्ने गरेका छन् । बिहीबार राति ओलीले नेपाल समुहका नेताहरू घनश्याम भुसाल र योगेश भट्टराईसँग पनि छलफल गरेका थिए ।

त्यस्तै प्रधानमन्त्री ओली निकट विभिन्न नेताहरू पनि माधव नेपाल समुहका नेताहरूलाई भेटघाट गरिरहेका छन् । उनीहरूले प्रधानमन्त्री ओलीलाई विश्वासको मतमा सहयोग गर्न आग्रह गरेको बुझिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।