महन्थ ठाकुर र राजेन्द्र महतो देउवालाई भेट्न बुढानीलकण्ठमा, अविश्वासको प्रस्तावमा सघाउने

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो नेपाली कांग्रेसका सभाभाति शेरबहादुर देउवालाई भेट्न देउवाको निवास बुढानीलकण्ठ पुगेका छन्।

देउवासँग विहान ९ बजे भेट्ने कार्यक्रम तय भएअनुसार ठाकुर र महतो बुढानीलकण्ठ पुगेको जसपाका एक नेताले बताए। अहिले देउवा, ठाकुर र महतोवीच भेटघाट जारी छ।

सत्ता समीकरणमा ठाकुर र महतो प्रधानमन्त्री केपी शर्मा ओली नजिक देखिए पनि आइतबार अचानक देउवासँग छलफल गर्न गएका हुन्। नेपाल समूहले नै ओलीलाई साथ नदिएपछि जसपाले पनि ओलीलाई विश्वासको मत नदिने भएको छ भने अविश्वासको मतको पक्षमा मत दिने भएको स्रोतको दाबी छ ।

कांग्रेस माओवादी र जसपाबीच गठबन्धन बन्ने भएपछि मात्रव नेपाल समूहले साथ दिएको अवस्थामा पनि ओलीले विश्वासको मत पाउने देखिएको छैन । विश्वासको मतप्रक्रिया सकिएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने भएका छन् भने आफूलाई बहुमत सदस्यको समर्थन रहेको दाबी प्रस्तुत गर्ने भएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।