मुख्यमन्त्री गुरुङद्वारा राजीनामाः सरकार गठन गर्न दलहरुलाई आह्वान

गण्डकी, २६ वैशाख । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले नेपालको संविधानको धारा १६९ को उपधारा १(क) बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष आज राजीनामा दिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री गुरुङ नेतृत्वको मन्त्रिपरिषद्ले हालसम्म गरेका कामप्रति धन्यवाद दिँदै अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि संविधानको १६९ को उपधारा (३) बमोजिम मौजूदा काम सञ्चालन गर्न र धारा १६८ को उपधारा (२) बमोजिम तीन दिनभित्र सरकार गठन गर्न दलहरुलाई आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री गुरुङविरुद्ध गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव दर्ता गरेकाले त्यसमाथि सोमबार गण्डकी प्रदेशसभामा मतदान हुने कार्यक्रम थियो । सोअगावै नेकपा(एमाले) संसदीय दलका नेताका रुपमा रहनुभएका मुख्यमन्त्री गुरुङले आज राजीनामा दिनुभएको हो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।