मुख्यमन्त्रीमा पुनः गुरुङ, सपथ ग्रहण आजै
पोखरा । अन्ततः गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्रीमा दोहोरिने भएका छन् । कांग्रेसका कृष्ण चन्द्र नेपाली पोखरेलले बहुमत पुष्टि गर्न नसकेपछि पुनः गुरुङ नै मुख्यमन्त्री बन्ने भएका हुन् ।
समाचार स्रोतका अनुसार चार दलले बहुमत जुटाउन नसकेपछि प्रदेश प्रमुखको कार्यालयमा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङलाई सपथ ग्रहण गराउन लागिएको छ । सपथग्रहणका लागि गुरुङ प्रदेश प्रमुखको कार्यालयमाा पुगिसकेका बताइएको छ ।
संविधानको धारा १६८ (३) अनुसार पृथ्वीसुब्बा गुरुङ फेरि मुख्यमन्त्री नियुक्त हुन लागेका हुन् ।
बुधवार अपरान्ह ४ बजेसम्मको समयभित्र नेपाली कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको पत्र लिएर पोखरेल प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए । तर, त्यही बेला जनमोर्चा संसदीय दलका नेता कृष्ण थापा र खिमबिक्रम शाहीले आफू तटस्थ रहेको बताएका थिए । र, थापाले आफूलाई दलको नेताबाट हटाइएको कार्यलाई मान्यता नदिन पत्र पठाएपछि घटनाक्रम अर्कैतिर मोडिएको थियो ।
समचार स्रोतका अनुसार मुख्यमन्त्री गुरुङ कोरोना संक्रमितसमेत रहेका छन् । उनलाई आवश्यक स्वाथ्य मापदण्ढ पूरा गरेर आजै सपथ ग्रहण गर्न लागिएको छ ।


