देउवालाई भेटे लगत्तै प्रचण्डले बोलाए माओवादी स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक आह्वान गरेको छ । अहिले साँझ ५ बजे स्थायी कमिटी बैठक बोलाइएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

उनका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय पेसिडाँडामा बस्नेछ । बहुमतको सरकार गठनका विषयमा छलफलको लागि बैठक बोलाइएको बताइएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दिउँसो नेपाली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ गएका थिए । त्यसलगत्तै बैठक डाकिएको हो ।

बहुमतको सरकार गठनका लागि दिइएको समयसीमा आजै राति ९ बजे सकिँदै छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।