एमालेमा दुई समूहबीच भयो थप सहमति, नेपाल समूहका नेताहरु थप उत्साही

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली २०७५ जेठ २ को अवस्थामा फर्किन सहमत भएका छन् । नेकपा एमालेको विवाद मिलाउने प्रयास स्वरुप शुक्रबार भएको वार्तामा प्रधानमन्त्री ओली २०७५ जेठ २ को अवस्थामा फर्किन सहमत भएका हुन् । एमालेको माधव कुमार नेपाल समूहले जेठ २ को अवस्थामा फर्किए विवाद समाधान गर्न सकिने बताउँदै आएको थियो भने ओलीले यसअघि जेठ २ को अवस्थामा फर्किन आनाकानी गर्दै आएका थिए ।

तर शुक्रबार सिंहदरबारमा करिब पौने ३ घण्टा चलेको ओली र वरिष्ठ नेता नेपाल पक्षका नेताहरुबीच बैठकमा २०७५ जेठ २ मा फर्केर फर्किन ओली राजी भएका हुन् । बैठकपछि नेता भीम रावलले पार्टीको एकता कायम राख्नका लागि गम्भीरतापूर्वक छलफल भएको बताए । उनले ०७५ जेठ २ गते अघिको कुरालाई आधार मानेर अघि बढ्ने गरी छलफल भएको भन्दै त्यसका लागि कार्यदल बनाउने निर्णय भएको जानकारी दिए ।

उनले भने, ‘हाम्रो पार्टीको एकतालाई कायम राख्नको लागि हामीले गम्भीरतापूर्वक छलफल गर्यौं । त्यसको लागि २०७५ साल जेठ २ गतेभन्दा अगाडिका कुरालाई आधार मानेर अरु छलफल अघि बढाउने कुरा भयो । त्यो प्रयोजनका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले र वरिष्ठ माधव कुमार नेपालले कार्यदलको सदस्यहरु तय गर्ने कुरा भएको छ । र, तुरुन्तै वार्ता र कुराकानीलाई अघि बढाउने कुरा भएको छ ।

यस्तै बैठकपछि नेता रघुजी पन्तले सौहार्दपूर्ण वातावरणमा छलफल भएको प्रतिक्रिया दिए । यसैगरी नेता गोकर्ण विष्टले पनि २०७५ जेठ २ गतेको अवस्थामा फर्किएर पार्टीको समस्या समाधान गर्नेबारे सहमतिमा पुगिएको बताए । ‘जेठ २ मा फर्किएर पार्टीको समस्या समाधान गर्ने सहमति भएको छ, त्यसको लागि कार्यदल बनाएर मोडालिटी बनाउने सहमति भएको छ’ विष्टले भने ।

कार्यदलबारे आ बिहान दुई शीर्ष नेताहरुबीच बसेर सदस्यहरुको टुंगो लगाउने भएका छन् । भएका सहमतिलाई लिखित रुप दिन पनि ओली तयार भएका छन् । छलफलमा ओली तथापाल सहित दुवै पक्षका प्रभावशाली नेताहरु सहभागि थिए । अध्यक्ष ओली र नेता नेपालबीच हिजो क्याप्टेन रामेश्वर थापाको घरमा भएको छलफलमा एमालेलाई पार्टी एकता अगाडिको अवस्थामा फर्काउने भद्र सहमति भएको थियो ।

पार्टीको विवाद अन्त्यका लागि कार्यदल बनाएर छलफल गर्ने दुई नेताबीच सहमति पनि भएको थियो । बैठकको निर्णयअनुसार ओली र नेपालले कार्यदलका सदस्यको टुंगो लगाउनेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।