प्रधानमन्त्री ओलीलाई भेटेको कुरा डा बाबुराम भट्टराईले स्वीकारे, किन रहेछन् भेटेका ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको स्वीकारेका छन् । एमालेका नेता महेश बस्नेतले एक टिभीको अन्तर्वार्तामा बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर प्रधानमन्त्री मागेको खबर सार्वजनिक गरेपछि भट्टराईले ओलीलाई भेटेको खुलासा गरेका हुन् ।

पूर्वप्रधानमन्त्री डा भट्टराईले आइतबार ट्वीटरमार्फत् महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओलीलाई होइन प्रम ओलीलाई भेटेको बताएका छन् । एमाले नेता बस्नेतले डा बाबुराम भट्टराई रातको एक बजे गएर प्रधानमन्त्री ओलीलाई भेटेर आफूलाई प्रधानमन्त्री दिन मागेको खबर सार्वजनिक गरेका थिए ।

खबर सार्वजनिक भएपछि भट्टराईले मैले प्रधानमन्त्रीलाई भेटेर राष्ट्रिय सरकार बनाऊ भनेको बताएका छन् । भट्टराईले भनेका छन्, ‘उहाँले नमानेपछि अरूलाई नभनेको हुँ,’ । उनले अझै पनि धारा ७६ (५) बमोजिम बनाउन सकिने बताउँदै त्यसबारे सोच्न आग्रह पनि गरेका छन् । उनले प्रधानमन्त्री ओलीलाई भेट्दा आफूले प्रधानमन्त्री नमागेको बताए । डा भट्टराईले वर्तमान र पूर्वप्रधानमन्त्रीबाहेकका असल व्यक्तिलाई प्रधानमन्त्री बनाएर राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेको बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।