माधव समूहको मुकुण्डो उदांगो भयो, एमाले एकता बिथोलियो: महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले बागमती प्रदेशमा सम्पन्न राष्ट्रिय सभा सदस्य उपचुनावपछि पार्टीमा एकता कायम गर्ने वातावरण बिथोलिएको बताएका छन्। बिहीबार भएको उपचुनावमा एमालेबाट उम्मेदवार निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादल एमालेकै नेपाल पक्ष र विपक्ष दलको समर्थनमा उम्मेदवारी दर्ता गराएका डा। खिमलाल देवकोटा विजयी भएका छन्।

नेपाल पक्षमा मतदाताले साथ नदिँदा बादल पराजित भएका हुन्। यसलाई एमाले महासचिव पोखरेलले ‘राष्ट्रिय सभाको निर्वाचनमा लज्जास्पद नाटक’ भनेका छन्।

‘राष्ट्रिय सभाका लागि भएको उपनिर्वाचनमा देखिएका हर्कतहरू अत्यन्तै निष्कृष्ट र अक्षम्य छन्,’ बिहीबार राति जारी वक्तव्यमा पोखरेलले भनेका छन्, ‘यस खाले अराजक कृत्यले नेकपा एमालेभित्र बनिरहेको एकताको वातावरण धुमिल बनाइदिएको छ।’

यसलाई उनले पार्टीविरूद्ध गरिएको ‘अपराधपूर्ण काम’को संज्ञा दिएका छन्। भनेका छन्, ‘पार्टी विधान, पद्धति , प्रक्रिया, नीति , निर्णय र निर्देशनको वकालत गर्दै भइरहेका नाटक मञ्चनको मुकुण्डो पनि उदांगो भएको छ।’

आफ्नै पार्टीका अध्यक्षलाई संसदमा विश्वासको मत दिन उपस्थित नहुने, कर्णालीको प्रदेश सभामा फ्लोर क्रस गर्ने, लुम्बिनीमा त्यसैको पुनरावृत्ति गर्न खोज्ने, ‘सूर्य’ चिह्नवाहक आफ्नै उम्मेदवारलाई हराउन विपक्षीहरूको गोटी बन्ने तर अनेक भ्रमपूर्ण र आपराधिक समाचारहरू सम्प्रेषण गर्नेजस्ता निर्लज्ज र अपराधपूर्ण काम कम्युनिस्ट आन्दोलन र संसदीय-लोकतान्त्रिक आन्दोलनका लागि लज्जास्पद विषय भएको टिप्पणी महासचिव पोखरेले गरेका छन्।

उनले भनेका छन्, ‘विषम अवस्थामा पार्टी विभाजनका विरूद्ध दृढतापूर्वक उभिँदै पार्टी र आन्दोलनको रक्षामा जुट्न आवश्यक छ।’ एमालेका ओली पक्ष र नेपाल पक्ष पार्टीमा एकता कायम गर्न भनेर कार्यदलसमेत बनाई वार्ता गरिरहेका बेला महासचिव पोखरेलबाट नकारात्मक अभिव्यक्ति आएको हो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।