जब देउबा १४९ सांसदको नक्कली हस्ताक्षर बोकेर शीतलनिवास पुगे

काठमाडौ । विपक्षी गठबन्धनले बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि दाबी गर्ने भएका छन् । दिउँसो सिंहदरबारमा बसेको विपक्षी गठबन्धनको बैठकले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेश गर्न लागेको हो । स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी १४९ सांसदको हस्ताक्षर लिएर विपक्षी गठबन्धनका नेता शीतल निवास पुगिसकेका छन् ।

संसदमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, नेपाल समूहका २७ र जनता समाजवादी पार्टीको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षका गरी १४९ सांसदको हस्ताक्षर जुटेको हो। विपक्षी गठबन्धनको पक्षमा बहुमत पुर्‍याएर नयाँ सरकार गठन गर्नका लागि एमाले नेता नेपाल पक्षका २८ सांसदले हस्ताक्षर गरेको समाचारले अहिले एमालेमा भूकम्प आइसकेको छ।

कांग्रेस नेता गगन थापाले एमालेको माधव नेपाल पक्षका सांसदको समेत हस्ताक्षर लिइएको पुष्टि गरेका छन् । सिंहदरवारमा एमाले नेता नेपाल सहितको विपक्षी दलका नेताहरुको बैठक बसेको थियो । त्यसमा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड जसपाका उपेन्द्र यादव लगायतका नेता सहभागी भएका थिए ।

ओलीले शुक्रबार पत्रकार सम्मेलन गर्दै आफ्नै नेतृत्वमा सरकार गठनका लागि दाबी पेश गर्ने बताइसकेका छन्। ओलीले आफूसँग १२१ संख्या रहेको भन्दै यस्तो दाबी गर्ने बताएका हुन् । यद्यपि यता खनाल–नेपाल समूहले विपक्षी गठबन्धनबाट हस्ताक्षर बुझाएका छन् । यसले ओली सरकार अप्ठेरोमा पर्ने देखिएको छ ।

संविधानको धारा ७६ (३) अनुसार ठूलो दलको नेताको हैसियतले अल्पमतको प्रधानमन्‍त्री बनेका ओलीको सिफारिस बमोजिम राष्ट्रपति विद्या भण्डारीले ७६ (५) अनुसार नयाँ सरकार बनाउन बिहीबार २१ घन्टे म्याद दिएकी हुन् । उक्त म्याद शुक्रबार साँझ ५ बजे सकिँदै छ । त्यसअघि नै विपक्षी गठबन्धनका नेता शीतल निवास गएका हुन् ।

एमालेका एक नेताका अनुसार शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन वैकल्पिक सरकार दावी गर्ने २७ जना एमाले सांसदको हस्ताक्षर दुरुपयोग भएको बताएका छन् ।

ति नेताका अनुसार आफूले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको र पुरानै दस्तखत प्रयोग गरिएको हुन सक्ने बताए । उनले भने- पुरानै दस्तखत होला, मैले गरेको छैन र थाहा पनि छैन । मैले नेताहरूलाई त्यो बाटोमा नजानुस् भनेको थिएँ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।