एक गाग्री पानी जोहो गर्न प्रत्येक दिन घण्टौँ समय

दुल्लु, दुल्लु नगरपालिका–१० राजाकांध गाउँकी ३० वर्षीया तीर्था नेपालीलाई एक गाग्री पानीको जाहो गर्न प्रत्येक दिन घण्टौँ समय बित्ने गर्दछ । बिहान उज्यालो हुनासाथ गाग्री बोकेर घरबाट ननिस्केको कुनै दिन छैन ।

गाउँ नजिकका सबै कुवा सुके । गाउँभरिकै पानीको मुख्य स्रोत भएको थामिधारा मात्र छ । त्यही धारामा नहिंडी परिवारको पानी पिउने र प्यास मेटाउने सपना अधुरै रहन्छ । यो समस्या गाउँका करीब ३० घरपरिवारका लागि उस्तै छ ।

“गाउँमा चार वटा कुवा थिए, ती सबै जेठ नलाग्दै सुके । अहिले त्यहीँ एउटा थामिधारा छ एक गाग्री पानी भर्नमै हाम्रो तँछाडमजाड हुन्छ”, स्थानीयवासी गणेश थापाले गुनासो गर्नुभयो ।
निर्वाचनमा सबैले यो गाउँमा खानेपानी योजना ल्याउने भनेर भोट मागे तर कसैले पनि आफूहरुको यो समस्या कसैले नसुनेको गाउँलेको भनाइ छ ।

खानेपानीको चरम समस्या झेल्दै आएका यस गाउँका मानिसहरू अहिले त्यो एउटा धाराको भरमा रहेको स्थानीय बिनोद योगीले बताउनुभयो ।

पानीको समस्याले शौचालय सफा गर्न र शारीरिक सरसफाइ गर्न नपाउँदा झाडापखाला फैलिने चिन्ता उत्तिकै भएको उहाँको आशङ्का छ । सरसफाइ कमीका कारण कोरोना महामारी फैलिने सम्भावना बढी भएपनि यहाँका वासिन्दालाई खानेपानीकै जोहोले सताएको छ ।

दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले यस गाउँमा छिटै खानेपानीको व्यवस्थापन गरिने बताउनुभयो । एक वर्षभित्र लिप्टिङ योजनाबाट खानेपानीको समस्या समाधान हुने उहाँको भनाइ छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।