मेलम्ची पहिलो चरणको निर्माण सम्पन्न छिटै पूरा हुने

काठमाडौँ, मेलम्ची खानेपानी आयोजनाअन्तर्गत पहिलो चरणको निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । आयोजनाअन्तर्गत सुरुङ र पानी प्रशोधन केन्द्र सम्पन्न भएर सञ्चालनमा आइसकेको छ भने ‘हेडवर्क’ को थोरै काम मात्रै बाँकी छ ।

‘हेडवर्क’ मा अहिले गेट राख्ने काम भइसकेको र फ्रेम राख्न बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । उहाँका अनुसार आयोजनामा अब लामो समयको काम बाँकी छैन ।

विदेशबाट ल्याउनुपर्ने गेटको सामान ल्याउन मात्रै बाँकी छ । जर्मनीबाट ल्याउने सामान भन्सारमा आइसकेकाले थोरै काम बाँकी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “भन्सारमा आइसकेको छ त्यो आएर जडान भएपछि सकिनेछ ।”

‘हेडवर्क’ निर्माणको अवधि केही समय पहिले नै सकिएको थियो । कोभिडका कारण गत आवमा निर्माणमा अवरोध पुगेकाले अवधि थपिएको प्रवक्ता पन्तले बताउनुभयो । थप भएको अवधि आगामी साउनमा नै सकिँदैछ । त्यतिबेलासम्ममा निर्माण सकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हेडवर्क सकिएप्छि पहिलो चरणको पूरै सम्पन्न हुनेछ ।”

राष्ट्रिय गौरवको सो आयोजना निर्माण शुरु भएको दुई दशकपछि सम्पन्न हुने चरणमा पुगेको हो । आयोजनाले तीन महिना पहिलेदेखि नै सुरुङको परीक्षण गरेर उपत्यकामा पानी झारेको थियो । अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पानी वितरण गरिरहेको छ । सुरुङको निर्माण गत आवमा नै सम्पन्न भएको थियो ।

गत वर्ष असारमा सुरुङ परीक्षणका क्रममा दुर्घटना भएकाले सुरुङमा आवश्यक त्रुटि सच्याएर पुनः परीक्षण गरिएको हो । दुई वर्ष पहिले नै सुन्दरीजलमा पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भइसकेको थियो ।

सुरुङ परीक्षणकै लागि पानी वितरण केही समय स्थगित गरिने आयोजनाले जनाएको छ । निर्माण कम्पनीसँग ठेक्का सम्पन्न गर्नका लागि एक पटक सुरुङ पूरै खाली गराएर परीक्षण गर्न लागिएको हो । सुरुङमा कुनै समस्या पाइएमा तुरुन्त सच्याएर पानी पुनः वितरण शुरु गरिनेछ ।

आयोजनाको पहिलो चरणको निर्माण सम्पन्न हुन लाग्दा सरकारले आगामी आवमा दोस्रो चरणको समेत निर्माण अघि बढाउने गरी रकम विनियोजन गरेको छ । आयोजनाले दोस्रो चरणको निर्माणका लागि अहिले पहुँच सडकको निर्माण गरिरहेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖