आपत्–विपद्का बेला सहयोगी मनहरुको साथ , विपन्नको छाक टार्दै क्याप्टेन श्रेष्ठ

काठमाडौैँ,दिएर खाएर त कसलाई पो पुग्ला र ! तर आपत्–विपद्का बेला सहयोगी मनहरुको साथ पाउँदा दिने पाउने दुवैलाई राहतको अनुभव हुँदो रहेछ । गत वर्षको बन्दाबन्दीमा काठमाडौँ उपत्यकाका विभिन्न ज्याला मजदूरी गर्नेहरुलाई करीब ३५ लाख बराबरको राहत वितरण गरेका एक पाइलटको पहलमा यस वर्ष पनि सहयोगको क्रम जारी रहेको छ ।

यति एयरलाइन्सका पाइलट क्याप्टेन रमेश श्रेष्ठ र उहाँकी श्रीमती लीला मास्केको पहलमा तिन महिनादेखि अनिकाल र भोकमरीमा परेका धादिङको बेनिघाटरोराङ गाउँपालिका–८ स्थित चेपाङ बस्तीमा बुधबार राहत वितरण गरिएको छ । विश्वव्यापी महामारी बनेको कोभिड–१९ का कारण स्थानीय सरकारले स्रोत साधनले समेत नभ्याएको स्थितिमा यस्ता सहयोग केही समयका लागि साँच्चिकै राहत हुने गरेका छन् ।

सो गाउँका १२० परिवारलाई स्थलमै पुगेर चामल दाल, नुन र तेल वितरण गरिएको थियो । सो मानवीय कार्यका लागि मोरङको जनता माध्यमिक विद्यालय, विराटनगरको ४३ औँ समूहका सहपाठी पोखरा निवासी वसुधा गुरुङ, संयुक्त राज्य बेलायत निवासी मधु गुरुङ, कृष्णलक्ष्मी, लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठानलगायतको सहयोग रहेको छ । उक्त सङ्ख्यामा राहत वितरण गर्दा करीब रु तिन लाख खर्च भएको श्रेष्ठले राससलाई बताउनुभयो । विमानहरु नचलेका बेला घरमै आनन्दले बस्न पनि सकिन्थ्यो होला तर दिनदुःखीलाई सम्झिएर ती मनकारी पाइलटलाई सायद निद्रा लाग्दैन ।

सो गाउँमा खानेकुरा अभाव भएपछि कोही जङ्गलमा गिट्ठा खोज्न जाने, कोही खोलातिर माछा मार्न जाने तथा कोही टाँकीको मुन्टा र सिस्नु टिपेर छाक टार्न बाध्य भएको समाचार समाचार प्रकाशन भएको थियो । समाचार पढेर श्रेष्ठको मन पग्लियो । अनि सहयोगीहरुबाट खाद्यान्न संकलन गरी वितरणका लागि आफै गाडीको प्रबन्ध गरेर निषेधाज्ञाकै बीचमा हिड्नुभयो ।

विमान चालकको पास देखाएपछि र राहातको सामन देखेपछि आफूलाई सुरक्षाकर्मी र स्थानीय सरकारले सहजता गरिदने गरेको क्याप्टेन श्रेष्ठले बताउनुभयो । कोरोना महामारी नियन्त्रणका लागि गत वैशाखदेखि जारी निषेधाज्ञाका कारण मजदुरी गर्न जाने अवस्था नभएको र घरमा खाने अन्न समेत नभएपछि गाउँबासी तिनचार दिनमा एक छाक खोले वा ढिँडो खाने गरेका थिए ।

श्रेष्ठले काठमाडौँ महानगरपालिका–३० को रातोपुलमा स्थापना भएको सुविधा सम्पन्न आइशोलेसन सेन्टरलाई गत महिना रु एक लाख हस्तान्तरण गर्नुभएको थियो । काठमाडौँ महानगरपालिका–३१ भीमसेनगोला निवासी श्रेष्ठको निवास नजिकको श्रीसागर खाद्य स्टोरबाट दैनिक ३०÷४० जना मजदूर र विपन्नलाई राहत वितरण भइरहेको छ ।

आज बिहान पनि ललितपुरको च्यासलदेखि हिँडेर आएका सात महिला र सुकुम्बासी टोलका चार तथा सुत्केरीसहित गरी २५ जना परिवारलाई उहाँले राहात बाँड्नुभयो । पसलबाट राहत बाँड्न थालेपछि बाटोमा हिँड्ने ज्याला मजदुरहरु पनि लाइन लाग्न आउने हुँदा उनीहरुलाई पनि श्रेष्ठले खाली हात पार्नुहुन्न ।

गत वर्ष ग्याँस अभाव वा काठाडौँबाट गाउँ घर जान खर्च नपाएकाहरुलाई उहाँले कोभिडको जोखिम मोलेर ठाउँ ठाउँमा आफै पुगेर नगदै पनि दिनुभएको थियो । गत वर्ष काठमाडौँका थानकोट, बालाजु, जोरपाटी, भक्तपुरको सूर्यविनायक र ललितपुरका गोदावरीसम्मका विभिन्न स्थानमा आफैले गाडीमा राखेर सामान बाँडेको उहाँको टोलीले यस पटक उक्त मूदरुपमा स्टोरबाट र बढी नै आवश्यकता भएका ठाउँमा आफै पुगेर सामान उपलब्ध गराइदिने गर्नुभएको छ ।

गत वर्षको बन्दाबन्दीको समयमा श्रेष्ठको पहलमा विभिन्न विमान चालक र समाजसेवीको सहयोगमा काठमाडौँमा विभिन्न स्थानका मजदुर, एकल महिला, खुद्रा पसल चलाउनेहरु, अपाङ्गता भएका र विपन्नलाई पटक पटक गरी करीब रु ३५ लाख बराबरको राहत वितरण भएको थियो । शुरुमा क्याप्टेनहरु रमोद श्रेष्ठ र गौरव बोहराको हौसाबाट उहाँले यो अभियान थालनी गर्नुभएको थियो । श्रेष्ठले गोरखा भूकम्पका बेला काभ्रेपलाञ्चोकमा पाँच लाख बराबरको सहयोग गर्नुभएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।