फुङलिङ बजारको सौन्दर्य फेरिँदै

फुङ्लिङ, निषेधाज्ञाका समयमा ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार क्षेत्रको स्वरुप फेरिँदै गएको छ । कोरोना महामारीका कारण बजार सुनसान भएका समयमा मुख्य सडकहरु धमाधम मर्मत तथा कालोपत्रे र ढलान हुन थालेपछि बजारको सौन्दर्य फेरिएको हो ।

कोभिड—१९ संक्रमण फैलिन नदिनका लागि गत वैशाख २१ गतेदेखि जिल्ला प्रशासनले निषेधाज्ञा लागु गरेपछि फुङ्लिङ बजार सनुसान भएको समयमा सडक मर्मत तथा कालोपत्रे गर्न थालिएको छ ।

फुङ्लिङ बजारको तोक्मे डाँडादेखि टुक्रे बजारसम्म केही ठाउँमा रड, गिटीसहित ढलान गरिएको छ भने अधिकांश सडकको क्षेत्र कालोपत्रे गरिएको छ । बजारभित्रको सडक पहिले कालोपत्रे गरिएको भए पनि ठाउँ–ठाउँमा भत्किएर सवारी साधन सञ्चालनमै अप्ठ्यारो हुँदै आएकोमा पुनः कालोपत्रे र ढलानसहित मर्मत सुधार गरिएपछि सहज भएको छ ।

कालोपत्रे र ढलानसहित बजारभित्रको सडक निर्माणले यातायात सञ्चालनमा सहज भएको फुङ्लिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले बताउनुभयो । बजारभित्रको सडक पहिले नै कुनै क्षेत्र कालोपत्रे र कुनैमा ढलान गरिएको भए पनि ठाउँ–ठाउँ भत्किएर खाल्डाखुल्डी बनिसकेको अवस्थामा पुनः मर्मत सुधारले सवारी साधन चलाउनलाई सहज भएको नगर प्रमुख प्याकुरेलको भनाइ छ । त्यस्तै सडकको मर्मत सुधारले बजारको सौन्दर्य बढाएको उहाँ बताउनुहुन्छ ।

सडक डिभिजन कार्यालय, इलाममार्फत कार्यान्वयन भएको करीब रु डेढ करोड बराबरको बजेटले कालोपत्रे, ढलानलगायत अन्य सडकको मर्मत सुधारको कार्य गरिएको कञ्चनजङ्घा निर्माण सेवाले जनाएको छ । फुङ्लिङ बजारभित्रको मुख्य सडकमा वारपार कालोपत्रे गरिएको निर्माण कम्पनी कञ्चनजङ्घा निर्माण सेवाका प्रतिनिधि विनोद भारतीले बताउनुभयो ।

पहिले ढलान भई भत्किएको टुक्रे रेडक्रस क्षेत्रको सडक पुनः ढलान गरिएको भारतीले बताउनुभयो। यस्तै सोही बजेटले कोप्चे बजारको देवीथान धारादेखि कञ्चनजङ्घा बोर्डिङ–रिजाल लाइन सडकमा ठाउँ–ठाउँमा ढलान गर्ने, वाल, नाली निर्माणको कार्य गरिएको छ भने सुकेटार क्षेत्रको सडकमा पनि भत्किएको ठाउँमा मर्मत सुधारको कार्य गरिएको छ ।

सदरमुकाम बजारभित्रको मुख्य सडक कालोपत्रे, ढलान र अन्य निर्माणको कार्य करीब अन्तिम चरणमा पुगेको पनि भारतीले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।