ग्रामीण बासिन्दाको उपचार सेवा सहज पार्ने उद्देश्यले एम्बुलेन्स सेवा सञ्चालन

रसुवा, ग्रामीण बासिन्दाको उपचार सेवा सहज पार्ने उद्देश्यले नौकुण्ड गाउँपालिका पारच्याङद्वारा पहिलोपटक एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । भौगोलिक विकटता भएको यार्सा क्षेत्रमा वसोवास गर्ने वासिन्दा बिरामी पर्दा डोकामा बोकी अस्पताल लानुपर्ने समस्या समाधान गर्न गाउँपालिकाले एम्बुलेन्स खरीद गरेको हो ।

नयाँ सञ्चालनमा ल्याएको एम्बुलेन्सबाट यार्सा, युव्रा, घाङवर, सिङ्वन्दी, लाङ्वु, आरूखर्क, सरसिउँ, पाटीखर्क, सरमथली, पारच्याङ, फाम्चेत, भोर्ले, चित्ती समेतका दर्जनौ गाउँमा बसोबास गर्ने १० हजारभन्दा बढी नागरिकले सेवा पाउने अपेक्षा गरिएको छ । गाउँपालिकाले रू १० लाख ८५ हजारमा एम्बुलेन्स खरीद गरिएको र भन्सार शुल्क भने छुट भएको बताइएको छ ।

नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्पुसाङ्वो घलेका अनुसार आफ्नो गाउँपालिका क्षेत्रको छ वटै वडाका वासिन्दालाई उपचारमा परेको समस्या समाधान गर्न सडक मार्गका ट्रयाक खोलेसँगै दुई दिनअधि रसुवा भित्र्याइएको एम्बुलेन्स सेवा सञ्चालन गरिएको हो ।

वर्षात्को समयमा सडक अवरूद्ध हुनसक्ने सम्भावनालाई मध्यनजर राख्दै निरन्तर सेवा प्रवाहको लागि असार, साउन र भदौ महिनामा भने एम्बुलेन्स कालिकास्थानमा राख्ने व्यवस्था मिलाइएको अक्ष्यक्ष घलेले बताउनुभयो ।

यस्तै जिल्ला अस्पताल, गोसाइँकुण्ड तथा कालिका गाउँपालिका समेतका निकायले एम्बुलेन्स सञ्चालनमा ल्याइसकेका कारण स्थानीय अस्पतालमा उपचार हुन नसकेका बिरामी सुविधायुक्त अस्पतालमा लान सहज भएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।