आइतबार राति भएको वृद्ध ह,त्या घ,ट,नाको अनुसन्धान जारी
पाँचथर, फिदिम नगरपालिका–४ जोरसाल बजार छेउ कुमालेटोलका वृद्धको आइतबार राति भएको ह,त्याको घटनाको प्रहरीले अनुसन्धान जारी राखेको छ । ह,त्यामा संलग्नको पहिचानका लागि प्रहरीले घटनास्थल आसपासका क्षेत्रका स्थानीयवासी, मृ,त,कका आफन्त तथा पछिल्लो समय सम्पर्कमा रहेकासँग सोधपुछ गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालयले सङ्घीय प्रहरी एकाइ सुनसरी धरानबाट तालीमप्राप्त दुई कुकुर झिकाई घटनामा संलग्नको पहिचानको प्रयास गरेको थियो । कुकुरले ह,त्यामा संलग्नको पहिचान गर्न सकेका छैनन् ।
घटना भएको ढिलो गरी जानकारी प्राप्त हुनु, घटनापछि पानी पर्नाले प्रमाण नष्ट हुनु तथा अनुसन्धान गर्नुपर्ने क्षेत्रमा मानवीय गतिविधि बढी हुनुले कुकुरले ह,त्यामा संलग्नको पहिचान गर्न नसकेको हो ।
कुकुरले ह,त्यामा संलग्नको पहिचान गर्न नसकेपछि विभिन्न प्राविधिक कोणबाट अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।
“विभिन्न प्राविधिक कोणबाट अनुसन्धान भइरहेको छ, केही प्रगति पनि भएको छ”, प्रहरी निरीक्षक विश्वकर्माले भन्नुभयो, “तर निष्कर्षमा पुग्न बाँकी छ ।” प्रहरीले टेकबहादुरसँगको सम्पर्कका व्यक्तिसँग सोधपुछ जारी राखेको छ ।
जोरसाल बजार छेउ कुमालेटोलका ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको आइतबार राति धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । फिदिम–२ ओदिनमा समेत घर भएका टेकबहादुर श्रीमती कालीमायासहित कुमालेटोलमा बसोबास गर्दै आएको बताइएको छ ।
पक्षघातबाट ग्रसित कालीमायाले घ,टनाको जानकारी दिन नसक्दा आइतबार बिहान मात्रै घटना सार्वजनिक भएको थियो । मृ,त,कका जेठा छोरा–बुहारी सुनसरीको धरानमा तथा कान्छा छोरा–बुहारी ओदिनमा बसोबास गर्दै आएका थिए ।


