अखिल र युवा सङ्घ टोली बा,ढीपी,डितको उद्धार गर्न परिचालन

काठमाडौँ, अनेरास्ववियू र राष्ट्रिय युवा सङ्घले सिन्धुपाञ्चोकको मेलम्ची तथा हेलम्बु क्षेत्रका बाढीपीडितलाई उद्धार र राहत सामग्री वितरणका लागि टोली परिचालन गरेको छ ।

अखिल र युवा सङ्घले उक्त क्षेत्रका बाढीपीडितलाई उद्धार र राहत सामग्री वितरण गर्नका लागि छुट्टाछुट्टै टोली परिचालन गरेको हो ।

मङ्गलबार राति अविरल वर्षाका कारण मेलम्ची र हेलम्बु बजार डुबान हुँदा सर्वसाधारण विस्थापित भएका छन् ।

अखिलका अध्यक्ष ऐन महरको संयोजकमा १५ सदस्यीय टोली पहिरामा परेकालाई उद्धार र खाद्य सामग्री लिएर आज त्यसतर्फ जाँदैछ ।

उहाँका अनुसार स्वास्थ्य चिकित्सकको टोलीसहित २५० बोरा चामल, तेल, त्रिपाल बाढीपीडितलाई वितरण गर्नेछ । अखिलले जिल्ला मातहतका कमिटीलाई पनि उद्धार कार्यमा लाग्न मङ्गलबारदेखि नै परिचालन गरेको छ ।

यस्तै युवा सङ्घका अध्यक्ष किरण पौडेलले उद्धार कार्यका लागि त्रिपाल, टेन्ट र खाद्यसामग्रीसहितको टोली गए रातिदेखि नै परिचालन गरिएको बताउनुभयो ।

उहाँले त्यहाँको अवस्था हेरेर काठमाडौँबाट खाद्यसामग्री र औषधिसहित सङ्घका पदाधिकारी जाने जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।