मेची पुल बनेको तीन वर्षपछि मात्र बिहारले बनायो पहुँच मार्ग

झापा, पुरानो व्यापारिक शहर भद्रपुरलाई भारतको बिहार र बङ्गालसँग जोड्ने मेची पुल बनेको तीन वर्षपछि बल्ल भारतीय पक्षले पहुँच मार्गको निर्माण गरेको छ । भारतीय सीमा क्षेत्रमा पहुँच सडक नबन्दा लामो समयदेखि पुल प्रयोजनविहीन भएको थियो ।

भारतको विहार सरकारले पहुँच मार्गका रूपमा रहेको गलगलिया बजारबाट मेची पुलसम्मको ६५० मिटर लामो दुईलेनको पक्की सडक र त्यही सडकमा ३० मिटर लम्बाइको पुलसमेत निर्माण गरेको नेपाल–भारत मैत्री सङ्घ झापाका अध्यक्ष प्रदीपमणि रेग्मीले बताउनुभयो ।

मेची पुलको पश्चिम भागमा नेपालतिर सडकको कुनै समस्या छैन । अब भारतीय क्षेत्रमा समेत पहुँच मार्गको निर्माण भएपछि दुवै देशबीच आवतजावत र मालसामानको ढुवानीमा सहज हुने रेग्मीले बताउनुभयो । पहुँच मार्ग नबन्दा मालसामान ढुवानी गर्ने र सवारीका साधनलाई ओहोरदोहोरमा कठिनाइ थियो ।

गलगलियाका पूर्वमुखिया गणेश रायले पहुँच मार्ग रु आठ करोड ५० लाखको लागतमा निर्माण भएको जानकारी दिनुभयो । मेची पुल नेपाली भूभागमा रहेको छ । पुल जोड्ने भारतीय भूभाग पश्चिम बङ्गाल र बिहार प्रान्तको सिमानामा पर्ने भएकाले पहुँच मार्ग कता लैजाने भन्नेमा भारतीयहरुबीच विवाद थियो । अहिले पहुँुच सडक विहारतिर लगिएको छ ।

नेपाल–भारत मैत्री सङ्घ झापाका अध्यक्ष रेग्मीले नेपाली पक्षले मेची पुल निर्माण गरिसकेको तीन वर्षसम्म भारतीय पक्षबाट पहुँच मार्ग नबनाइँदा नेपाली व्यवसायी र भद्रपुरबासीले दवाव सिर्जना गरेका कारण अहिले सडक बनेको बताउनुभयो ।

पहुँच मार्ग छिटो निर्माण गर्नका लागि प्रदेशसभा सदस्यद्वय ओमप्रकाश सरावगी र बसन्त बानियाँ, झापा उद्योग वाणिज्य सङ्घका अध्यक्ष यमबहादुर श्रेष्ठ, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ का अध्यक्ष टीकाराज ढकाल, नेपाल–भारत मैत्री सङ्घका जिल्ला अध्यक्ष रेग्मीलगायतले भारतीय सरोकारवाला पक्षलाई भेटेर सो सडक बनाउन पटकपटक दवाव दिनुभएको थियो ।

पहुँच सडक बनेपछि बाह्रै महिना मेची पुल प्रयोगमा आउने र त्यसबाट भद्रपुर भन्सारमार्फत व्यापार बढ्ने अपेक्षा गरिएको छ । यसअघि सडक नबन्दा कोइला, क्लिङ्कर, पेट्रोललगायतका ठूला मालबाहक ट्रकद्वारा आयात गरिने सामग्री मेची भन्सार हुँदै नेपाल ल्याइने गरिएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।