खेवाङका प्रत्येक घरमा खानेपानीको धारा पुग्ने

ताप्लेजुङ, ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङका प्रत्येक घरमा ५ वर्ष भित्रै खानेपानीको धारा पु¥याइने भएको छ । यहाँका विभिन्न सात मुहान प्रयोग गरेर प्रत्येक घरमा खानेपानीको धारा पु¥याउने लक्ष्यसाथ फेदीखोला खानेपानी आयोजनाको काम थालिएको छ ।

डेढ महिना अघिबाट उक्त आयोजनाको निर्माण शुरु भएको हो । करिब १२ करोडमा आयोजना सम्पन्न हुने उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल सम्ममा तीन मुहानका लागि ट्याङ्की निर्माण सकिन लागेका छन् भने अन्य मुहान व्यवस्थापनको कार्य तत्काल अघि बढाइने छ ।

“बीचमा कुनै अवरोध नभए आगामी तीन वर्षमा काम सक्ने छौँ, यस आयोजनाबाट यहाँका प्रत्येक घर परिवार लाभान्वित हुनेछन्”, अध्यक्ष अधिकारीले भन्नुभयो । सङघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामबाट उक्त आयोजना सञ्चालन भएको अधिकारीले बताउनुभयो ।

खेवाङमा करिब साढे ४ सय घर परिवार छन् । पछिल्लो समय विभिन्न मुहानहरु सुक्दै गएकाले कतिपय क्षेत्रमा खानेपानीको समस्या सिर्जना हुँदै गएको स्थानीयले बताए ।

यस अघिका विभिन्न योजनाबाट खानेपानीको व्यवस्थापन भए पनि प्रयोग गरिएका मुहानहरु सुक्दै गएकाले समस्या हुन थालेको हो । आयोजनाको काम शुरु भएसँगै स्थानीयबासी हर्षित भएकाछन्। आयोजना सम्पन्न भए धारा, कुवाबाट पानी बोक्नु पर्ने जस्ता बाध्यता हट्ने स्थानीयको विश्वास छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।