पटकपटक बिजुली आउने र जाने समस्याले मारमा जिल्ला बासि

लमजुङ, यहाँ उत्पादन भएको बिजुलीले देश नै झिलिमिली भएपनि जिल्लाकै बासिन्दा भने मारमा रहेका छन् । जिल्लामा आधा दर्जनभन्दा बढी आयोजनाबाट बिजुली उत्पादन गरेर राष्ट्रिय प्रशारण लाइनमा जोडी सके पनि यहाँका बासिन्दा भने पटकपटक बिजुली आउने र जाने समस्याले मारमा परेका हुन् ।

यतिबेला दैनिक ५०÷६० पटक बिजुली आउने जाने गर्नाले जिल्लामा दैनिक कामकाज प्रभावित हुँदा उपभोक्ता मारमा परेका छन् । नेपाल विद्युत प्राधिकरणको मातहतमा रहेको लमजुङ विद्युत् उपभोक्ता संस्थाले लमजुङ र तनहुँमा गरी करीब ३१ हजार घरधुरीमा विद्युत् सेवा दिँदै आएको छ । संस्थाका अध्यक्ष श्रीकान्त घिमिरेका अनुसार जिल्लामा प्रत्येक महिना १२ देखि १३ लाख युनिट विद्युत् खपत हुँदै आएको छ ।

लमजुङ पानी उद्योगका सञ्चालक राजेश थापाले बिजुलीको अनियमित आपूर्तिले गर्दा व्यवसायीलाई ठूलो नोक्सान भइरहेको बताउनुभयो । बेँसीशहर नगरपालिका—३ बाहुनबेँसीका विश्वविनोद घिमिरेले बत्ती आउने जाने समस्याले बालबालिकालाई अनलाइन माध्यमबाट पढाउन समेत समस्या भएको गुनासोे सुनाउनुभयो ।

संस्थाका अध्यक्ष घिमिरेले शुरुमा चार हजार ५०० जनाको लागि बनाएको संरचनाले हालसम्म पनि त्यसमै भर पर्नुपर्दा, बिजुलीका पोलहरु काठका भएको र फेर्नुपर्ने, २० एमबीको ट्रान्सफर्मरर नभएको र यसबारेमा प्राधिकरणले चासो नदिँदा बत्ती जाने आउने समस्या भएको बताउनुभयो ।

यता प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख यमकुमारी गुरुङले विद्युत् उपभोक्ता संस्थाले विभिन्न पुराना संरचनाहरु मर्मत नगर्दा नै समस्या रहेको हो भन्नुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।