नदी थु,नियो, जो,खिम झन् ब,ढ्यो,

मनाङ,चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मस्र्याङदी नदीमा प,हिरो ख,स्दा पूर्णरुपमा थुनिएको छ । वडा नं ४ र ५ जोड्ने मस्र्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिले यहाँ निरन्तर वर्षा भइरहेको छ, चामेबजार जाने ठूलो पुल नजीक प,हिरो ख,स्दा मस्र्याङ्दी नदी थुनिएको छ, नदी थु,निँदा पानीको सतह झन्झन् बढ्दै गएको छ, जोखिम झनै बढेको छ ।” चामेको बजार क्षेत्र हुँदै झ,रेको घट्टेखोलाले ढुङ्गामाटो र काठदाउरा बगाएर ल्याएपछि नदी थुनिएको हो ।

माथिबाट झरेको पहिरो ढुङ्गामाटो र काठदाउराले मस्र्याङ्दी नदी थुनिँदा पानी जमेर ठूलो ड्याम बनेको छ । थुनिएको भागबाट मस्र्याङ्दी बगे पनि पानी निरन्तर परिरहेकाले बहाव बढेको छ । यसबाट चामेको पारिपट्टिको भाग डुबानमा छ । सिङ्गो चामेबजार जोखिममा परेको छ । बाढीले चामेबाट माथिल्लो मनाङतर्फ जाने एकमात्र बेलीब्रिजसमेत कटान गरेको छ । नदीमा बाढी बढ्दै गएकाले चामेबजार उच्च जोखिममा परेको छ ।

प्रजिअ लामिछानेका अनुसार नदीको बहाव बढ्दै गएको र यसले चामेबजार थप जोखिममा परेको छ । उहाँले नेपाली सेनामार्फत बम विस्फोट गराई मस्र्याङ्दी खुलाउने भनिएकामा पानी निरन्तर परिरहेकाले समस्या भएको बताउनुभयो ।

सुरक्षाका सबै निकायसँग समन्वय गरी अहिले खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । लगातारको वर्षातले पानीको बहाव बढेकाले जोखिम उच्च रहेको प्रजिअ लामिछानेले बताउनुभयो । त्यही कारण चामे क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन भनिएको उहाँले जानकारी दिनुभयो ।

हुम्रे प्रहरी चौकीसहित पाँच घर पूर्णरुपमा वि,स्थापित

ङिस्याङ गाउँपालिकामा रहेको हुम्रे प्रहरी चौकी बा,ढी,प,हिराको जोखिममा परेको छ । गत सोमबारदेखि परेको अ,विरल वर्षाका कारण पालिकाको हुम्रे प्रहरी चौकी जो,खिममा परेको हो । चौकी जोखिममा परेपछि सबै सामान सुरक्षित स्थानमा सारिएको छ । चौकीका साथै पाँच घर पूर्णरुपमा वि,स्थापित भएका छन् ।

विस्थापितलाई सुरिक्षत स्थानमा राखिएको गाउँपालिकाका जनस्वास्थ्य प्रमुख श्रीनारायण यादवले जानकारी दिनुभयो । जिल्लामा प्राकृतिक प्र,कोप झनै बढ्दै गएपछि अब के गर्ने भन्ने विषयमा राष्ट्रिय वि,पद् व्यवस्थापन समितिको आकस्मिक बैठक बसिरहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।