पहाडी शृङ्खलातिर कालो बादल म,डारिएको देखेपछि बस्तीमा त्रा,स

महोत्तरी,उत्तर फर्कँदा चुरे पहाडी शृङ्खलातिर कालो बादल म,डारिएको देखेपछि महोत्तरीको भङ्गाहा–४ को पलारस्थित गरिब बस्तीमा कोही सुत्न सक्दैनन् । बाँतर जातिका अति विपन्न समुदायको बाहुल्य रहेको रातु नदी तटको यो बस्तीमा डाँडातिर बादल देखेपछि राति बा,ढी आउने ड,रले कोही सुत्न नसकेका हुन् ।

“हेर्नुस् हजुर, नदी बस्ती छेउमै आइपुगेको छ, शिर (न,दी उद्गमस्थल, चुरे पहाड) तिर पानी परेजस्तो छ, अनि कसरी निदाउनु ?”, बस्तीका ६० वर्षीय रामदयाल सर्दारले भन्नुभयो । रातु न,दीमा पूर्वपश्चिम राजमार्गमुनि बनेका तीन भँगालामध्ये माझको बहाव हुनेगरी तटबन्ध गरिएको छ । यही बहावको न,दी तटमा रहेको पलार बस्ती नजिक तटबन्ध नहुँदा यहाँका बासिन्दालाई सधैँभरि बाढीको डर बनेको हो ।

“मास्तिर (भङ्गाहा–४ माथि बर्दिबास नपाक्षेत्र) र तलतिर (भङ्गाहा–१, २ र बलवा नपाक्षेत्र) रातुमा दुवै किनारामा तटबन्ध गरिएको छ”, सो बस्तीकी ७० वर्षीया पल्टी बाँतर भन्नुहुन्छ, “हामी गरिब बसेको ठाउँ कसको नजर परोस र ।” गरिब र निमुखा भएकैले आफ्नो बस्ती बचाउबारे कुनै नेता र निकायको आँखा नपरेको पल्टीको गुनासो छ ।

करिब ३०÷३५ घरको गुजुमुज्ज यो बस्तीमा दुई÷तीन घर थारुबाहेक सबै बाँतर जातिका छन् । शिक्षा, स्वास्थ्य तथा सामाजिक सचेतनाले निकै पछि परेको यो बस्तीमा अहिलेसम्म प्रवेशिका (पहिलेको एसएलसी, अहिले माध्यमिक तह) उत्तीर्ण गरेका कोही छैनन् । शैक्षिक सत्रको प्रारम्भमा विद्यालय भर्ना कार्यक्रममा यहाँका केही बालबालिकाको नाउँ लेखिए पनि घरको गरिबीले ती विद्यालयमा टिक्दैनन् ।

आफ्नो यस्तै अवस्थाले उपेक्षित हुनुपरेको भन्नेचाहिँ अब यो बस्तीका अभिभावकलाई पर्ने गरेको छ । “हाम्रो बस्तीमा पढेलेखेका भनसुन गर्नसक्ने कोही भएनन्”, बस्तीका ४५ वर्षीय महेश सर्दार भन्नुहुन्छ, “त्यसैले हाम्रो कतै सुनवाइ हुँदैन, अबचाहिँ दुःख खेपेर भए पनि नानीहरुको पढाइ नरोक्ने प्रण गरेका छौँ ।” आफ्ना नातिनातिना अब नियमित विद्यालय गइरहेका महेश बताउनुहुन्छ।

बर्खा लाग्यो कि बा,ढीको त्रा,सले छुने यो बस्तीमा पछिल्लो कालमा केही वर्षयता न,दीमा ज,थाभावी उ,त्खनन बढेपछि जोखिम बढ्दै गएको हो । पलार उत्तर बर्दिबास छुने सीमासम्म १५ भन्दा बढी क्रसर सञ्चालनमा छन् । अनियन्त्रित उत्खननले गर्दा नदीले बहाव फेर्दै बस्तीसम्म पुगेपछि यहाँ पहाडतिर पानी पर्नासाथ बाढीको डर बढेको भङ्गाहा–४ कै रामनगर बस्तीका सामाजिक, राजनीतिक कार्यकर्ता हरिदेव साह बताउनुहुन्छ ।

रातुको बाढीको जोखिम पलारसँगै भङ्गाहा–४ कै थारुटोल बनरा, टोका, भङ्गाहा–६ को जमुनियाँ, हतिसर्वा, पुर्वारीसग्रामपुर, भङ्गाहा–२ को बखरीमा पनि उच्च छ । पलारदेखि दक्षिण यसअघि नदी किनारमा निर्मित तटबन्ध २०७६ सालको बर्खे भेलले भत्काएपछि बखरी, सग्रामपुर, हतिसर्वा, भङ्गाहा–२ को सिङ्ग्याही, भङ्गाहा–१ को कविलाशा र बलवा नगरपालिकाका भगवतीपुर, लेउरी, भलनीसहितका बस्ती पनि बाढीको जोखिममा रहेका छन् । बाँधिएको तटबन्ध छेउबाटै बालुवा र ढुङ्गा उत्खनन गरिँदा बनेको खाल्डोले सानै बा,ढीमा पनि तटबन्ध खुकुलिएर भत्केको नेपाली कांग्रेस भङ्गाहा नगर समितिका सभापति रुपनारायण सिंह थारु बताउनुहुन्छ ।

“लाग्छ, नियमन गर्ने कुनै निकाय नै छैनन्, जथाभावी उत्खननले वि,पत्ति जो,खिम बढाउँदो छ, नियन्त्रणको चासो सम्बद्ध निकायमा देखिँदैन”, सिंहले भन्नुभयो । नगर कार्यपालिका र वडा कार्यालयको सम्मति र स्वीकृतिबेगर क्रसर सञ्चालन गर्न नपाइने कानूनी प्रावधान भए पनि स्थानीय जनप्रतिनिधिमा यो चासोले प्राथमिकता नपाएको भङ्गाहाका सिंहसहितका राजनीतिक दलका अगुवा बताउँछन् ।

अहिले बस्ती÷बस्ती स,खाप पार्नेगरी बढेको बा,ढीको जोखिमको निदान शिरदेखि नै बुझ्नु पर्ने भङ्गाहा–७ का बासिन्दा डा विजयकुमार सिंह बताउनुहुन्छ । चुरे विषयमै विद्यावारिधि गर्नुभएका सिंहले चुरे शृङ्खलामा बढेको अव्यवस्थित बसोबास, विकासका नाउँमा सडक विस्तार गर्न वैज्ञानिक अध्ययन बिनानै पहाड भत्काउने बढ्दो लहर, चुरे र नदीमा हुने निरन्तरको अनियन्त्रित उत्खनन, खोल्सी व्यवस्थापनमा देखिने उदासीनता र वन विनाश नै बाढी र पहिरोका मुख्य कारण बनेको बताउनुभयो ।

“अहिले त केही बस्ती जोखिममा रहेका, केही घर बाढीले लगेका र केही जग्गा कटान भएका समस्या सुन्दैछौँ”, डा सिंहले भन्नुभयो, “चुरे पहाडी शृङ्खला, नदी र वनमा हुने लुछाचुँडी तत्काल नरोकिने हो भने सिङ्गो भावर कटान र मधेश डुबानमा पर्नेछ, यहाँका उब्जाउ जग्गा बालुबुर्ज मरुभूमिमा परिणत हुनेछन् ।”

धेरैजसो केन्द्र र प्रदेश नीतिमा यी कुरामा भर गरे पनि सम्बन्धित स्थानीय तहको सङ्कल्प र प्रतिबद्धता भए धेरै कुरा ‘लिक’ मा आउने डा सिंहको विश्वास छ । यद्यपि यस भेगका धेरैजसो स्थानीय तहको नेतृत्व क्रसर सञ्चालककै वरिपरि देखिनाले तत्काल सकारात्मक कदमका लागि अब जनदवाब नै आवश्यक देखिएको डा सिंह बताउनुहुन्छ ।

यसैबीच चुरे शिखरसम्म भूगोल समेटिएको जिल्लाको एकमात्र बर्दिबास नगरपालिकाले अवैज्ञानिक र अनियन्त्रित उत्खनन हुने क्रम रोक्ने जनाएको छ । “विधि, प्रक्रिया र मापदण्ड नाघेर हुने÷भएका उत्खनन रोक्न हामीले निर्णय नै गरेर कारवाही अघि बढाएका छौँ”, नगरप्रमुख विदुरकुमार कार्कीले भन्नुभयो, “स्थानीय प्रहरी÷प्रशासनको साथ पाए जथाभावी उत्खनन रोक्न सकिने हाम्रो विश्वास छ ।”

नगरपालिकाले यस्तो प्रतिबद्धता जनाए पनि रातु नदी र नदीउकास क्षेत्रमा उत्खनन नरोकिएको यस भेगका बासिन्दा बताउँछन् । “खै यी खोला खन्ने ठेकेदार र क्रसर सञ्चालकको तारतम्य कताकता जोडिएको छ, बुझ्नै गा¥हो !”, बर्दिबास–१४ का बासिन्दा हरि दाहाल भन्नुहुन्छ, “नगरप्रमुखले अनियन्त्रित उत्खनन रोक्ने प्रतिबद्धता जनाउनु भए पनि डोजर, एस्काभेटर चल्न छाडेका छैनन् ।”

कागजले चेतावनी दिएर मात्र नभई अनियन्त्रित उत्खनन गर्नेलाई कारवाही प्रक्रियामै लगिए मात्र यो क्रम नियन्त्रण हुनसक्ने दाहालसहितका यस भेगका सर्वसाधारण बताउँछन् । जिल्लाका १५ स्थानीय तहमध्ये बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा क्रसर सञ्चालन हुँदै आएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।