घर वरिपरि छि,या,छि,या परेको जमीन ;हिउँदमा चु,प,चा,प, बर्खामा भा,गा,भा,ग

बलेवा, असारको पहिलो दिन नै घरमा बस्न नसक्ने गरी वर्षा भयो । घर वरिपरि छि,या,छि,या परेको जमीन छ । आधा भ,त्केका घर गाउँभरी छन् । गत वर्षको वर्षामा भ,त्किएको जमीन कहिँ टा,लिएको छैन । न जोखिममा परेका घरको व्यवस्थापन भयो । विस्थापित भएका गाउँ छाडेर हिँडे । अरु अवस्था उस्तै छ । स,मस्या हो बागलुङको निसीखोला गाउँपालिका–१ र २ नम्बर वडामा पर्ने हुल्दी बाहुन गाउँको ।

पोहोर पानी पर्दा लत्ता कपडा र खाद्यान्न पोको पारेर घर छाडेका हुल्दीबासीले अहिले पनि उहीँ भोग्दै छन् । प,हिरो पी,डि,तलाई समयमा व्यवस्थापन गर्न नसक्दा अहिलेको वर्षामा उनीहरु घर न घा,टका हुने अवस्था आएको हो । घरगाउँ नै मा,सिने गरी प,हिरो गएको भए पनि कोही कसैले सहयोग नगरेको स्थानीय पूर्ण कार्की बताउनुहुन्छ । हुल्दी र बाहुनगाउँमा गएको प,हिरो नयाँ भने होइन ।

केही वर्ष पहिलेदेखि चलेको प,हिराले गतवर्ष सबैभन्दा धेरै क्षति पु¥याएको छ । निसीखोला–१ मा २७ घर पूर्ण क्षति भएका थिए । एक हजार ५०९ घर उच्च जोखिममा छन् भने ७५ घर जो,खिममा रहेको तथ्याङक गाउँपालिकासँग छ । वडा नं. २ मा ५९ घर पूर्ण क्षति, उच्च जो,खिममा १९ घर र जो,खिममा १५० घर रहेको तथ्याङ्क छ । वडा नं. ३ मा १० घर पूर्ण क्षति र उच्च जोखिममा २५ घर छन् ।

गाउँपालिकाभरि नै वर्षापछि प,हिराको समस्या भए पनि स्रोत साधनको अभावले व्यवस्थापन चुनौतीपूर्ण रहेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो । हिउँदमा चुपचाप बस्ने र वर्षा लागेपछि चिन्ता गर्ने परिपाटीले बस्ती स्थानान्तरण र व्यवस्थापन हुन नसकेको निसीखोला–२ का वडाध्यक्ष कुम्बीर विश्वकर्मा बताउनुहुन्छ । दुई वर्षअघि भूगर्वविद मनिका झाको नेतृत्वको टोलीले गाउँलाई रातो सूचीमा राखेर बस्ती सार्न भनेको थियो ।

बस्ती स्थानान्तरणका लागि कोही कसैले तदारुकता देखाएका छैनन् । हुल्दी र बाहुनगाउँमा लामो समयदेखि बस्दै आएका खेतीपाती र वनपाखो छाडेर हिँड्न नमानेका कारण पनि बस्ती स्थानान्तरणमा समस्या रहेको गाउँपालिका अध्यक्ष पौडेल बताउनुहुन्छ ।

यस्तै गतवर्ष भदौ २९ गतेको पहिराले गाउँ नै हल्लाएको महसुस गरेका जैमिनी नगरपालिका–१ कुश्मीशेराका कृतिनाथ शर्मा यस वर्ष घरमा बस्नै नसकेर असारको १ गते राति घर छाड्नुभयो । चितवनको रत्ननगर नगरपालिकामा भाडाको घर खोजेर उहाँ बसाइ नै सर्नुभयो । गत वर्ष दुई जनाको ज्यान लिने गरी आएको प,हिरो उहाँको घरमाथि आएको छ ।

पहिराको व्यवस्थापन नभएका कारण जीवनभर कमाएर परिपाठ पारेको घर बुढेसकालमा छाड्नुपरेको उहाँको गुनासो छ । “प,हिरो रोक्न र भल बाढी तर्काउन कसैले चासो देखाएनन्”, शर्मा भन्नुहुन्छ “एक्लैले गरेर नहुने रहेछ, वि,पत्मा ज्यान जोगाउनु नै ठूलो कुरा भयो ।” शर्मा जस्तै टुनिबोटका छ परिवारले यस वर्षको बर्खा लागेपछि पहिराको त्रा,स,ले घर छाडे । केहीले छाड्ने तयारी गर्दैछन् । हिउँदभर पहिराको रोकथाम र पीडितको व्यवस्थापन नभएपछि टुनिबोटबासी वर्खा लागेपछि भागाभाग गर्न थालेका हुन् ।

समस्या निसीखोला र जैमिनीको मात्रै होइन गत वर्ष बाढी पहिराका कारण वि,स्थापित भएका ढोरपाटन नगरपालिकाका झण्डै १३० परिवारको पनि अवस्था उस्तै छ । तमानखोला, काठेखोला, जैमिनी नगरपालिका र गलकोट तथा बरेङ गाउँपालिकामा विस्थापित भएका घर बनेका छैनन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।