धनुषामा निषेधाज्ञा थप

जनकपुरधाम धनुषा जिल्लामा सात दिन फेरी निषेधाज्ञा आदेश थप गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाका अनुसार यसअघि घोषित निषेधाज्ञा आदेशमा सामान्य हेरफेर गरी आज राति १२ बजेबाट पुनः ७ दिन थप गरी निरन्तरता दिइएको छ ।

यस अघि १२ बजेसम्म आवश्यकीय पसल सञ्चालन गर्ने आदेश भएकोमा यस पटक सो समयमा परिवर्तन गरी साँझ ३ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय गरिएको छ ।

कार्यालय सञ्चालन सन्दर्भमा सरकारी, अर्ध सरकारी, स्थानीय तह तथा संस्थानहरूले भीडभाड हुन नदिई आलोपालो गरी नियमित सेवा सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ ।

विद्यालयहरूमा भीडभाड हुन नदिई आलोपालो गरी पुस्तकहरू वितरण गर्न व्यवस्था गर्न सकिने , बैङ्क तथा वित्तीय संस्थाहरूमा नियमित सेवा सुचारू गर्न पाउने आदेश दिइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।