स्रोत नखुलेको रु ४० लाखसहित एक प,क्रा,उ

जलेश्वर, महोत्तरीको मटिहानी–जनकपुर सडकखण्डअन्तर्गत आज दिउँसो स्रोत नखुलेको करिब रु ४० लाखसहित एक युवकलाई प्रहरीले प,क्रा,उ गरेको छ ।

प,क्रा,उ पर्नेमा धनुषाको मुखियापट्टी मुसरनियाँ गाउँपालिका–१ का ३८ वर्षीय संजयकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताउनुभयो । साह जनकपुरमा धनलक्ष्मी ज्वेलर्स (सुनचाँदीको पसल) सञ्चालन गर्दै आएका छन् ।

टीभीएस कम्पनीको अनटेस्ट मोटरसाइकमा चढेर मटिहानीबाट जनकपुर जाँदै गरेको युवक साहलाई मटिहानी नगरपालिका–९ स्थित विग्ही नदीको पुलमाथि प्रहरी चौकी मटिहानीका प्रमुख प्रहरी नायव निरीक्षक सुमन सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले शङ्का लागेर चेकजाँच गर्दा उहाँको साथबाट स्रोत नखुलेको रु ३९ लाख ८० बरामद भएको हो ।

प,क्रा,उ परेका साहलाई आवश्यक कारवाहीका लागि मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पठाएको प्रहरी उपरीक्षक आचार्यले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।