औद्योगिक ग्राम निर्माण शुरु

राँझा,बाँकेको खजुरा गाउँपालिकाले औद्योगिक ग्राम निर्माणको पहिलो चरणको काम शुरु गरेको छ। पहिलो चरणअन्तर्गत जग्गा संरक्षणका लागि रु. ९२ लाखको लागतमा तारबार र सुरक्षा गार्ड बस्ने भवन निर्माणको काम भइरहेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो ।

उहाँका अनुसार, औद्योगिक ग्रामसम्म १२ मिटर चौडाइ भएको स्तरीय ग्राभेल सडक पनि बनाउन लागिएको छ । औद्योगिक ग्रामको काम अब निरन्तर अगाडि बढ्छ । सरकारले ल्याएको एक गाउँपालिका एक औद्योगिक ग्रामको अवधारणा अनुरुप सो परियोजना अगाडि बढाइएको हो ।

खजुरा गाउँपालिका—६ उढरापुर पुरैनीस्थित २१ विगहा सरकारी जग्गामा औद्योगिक ग्राम निर्माण कार्य अघि बढाइएको छ । गाउँपालिकाले गौरवको योजनाका रुपमा लिएर औद्योगिक ग्राम निर्माणलाई प्राथमिकता दिएको गाउँपालिकाका योजना अधिकृत दिलबहादुर पौडेलले बताउनुभयो ।

उद्योग तथा बाणिज्य मन्त्रालयले आर्थिक वर्ष २०७६÷०७७ मा एक गाउँपालिका एक औद्योगिक ग्राम स्थापनाका लागि मुलुकभरबाट ३२ पालिका छनोट हुँदा पहिलो चरणका ६ वटा गाउँपालिकामा खजुरा पर्न सफल भएको हो ।

औद्योगिक ग्राम स्थापनाका लागि मुलुकभर २६ नगरपालिका र ६ गाउँपालिका छनोट भएको थियो। बाँकेमा खजुरा गाउँपालिका मात्र औद्योगिक ग्राम निर्माण लागि छनोटमा परेको हो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।