चुल्हो ननिभ्न मुसहरलाई राहत

महोत्तरी,कोभिड–१९ महाव्याधिले काम गुमेर भोकै बस्नु पर्ने अवस्थामा पुगेका ४३ मुसहर परिवारले राहत पाएका छन् । ग,रि,बी र अ,भा,वले क,ष्ट,कर जीवन बिताउँदै आएका जिल्लाको गौशाला नगरपालिका–४ मल्हनियाँपोखरीका ४३ परिवारलाई वैदेशिक रोजगारीमा अरब मुलुकमा रहेका युवाले ‘चुल्हो ननिभ्न’ राहत पठाएका हुन् ।

वैदेशिक रोजगारमा रहेका जिल्लाका ८० युवाले पठाएको रु दुई लाखबाट महोत्तरी टाइगर समाज सेवा टिम गौशालाले मङ्गलबार ४३ परिवार मुसहरलाई खाद्यान्न र सरसफाइका लागि अत्यावश्यक सामग्री वितरण गरेको हो ।

चामल–१५ किलो, दाल–२ किलो, आलु–५ किलो, खानेतेल–१ लिटर, नुन–१ किलो, तयारी खानेकुरा चिउरा–२ किलो र सरसफाइका लागि डिटोल साबुन–५ वटासहितको राहत सामग्रीको झोला ४३ परिवारले पाएका छन् ।

अहिले के खाउँ, भरे के खाउँला भन्ने चि,न्ताले पि,रो,लिरहेका बेला यो सहयोगले पराले झु,प्रामा आगो बाल्न पाइएको बस्तीकी इन्द्रा सादा मुसहरले बताउनुभयो । असार पहिलो साताको झरीले पराले झुपा सबै चुहेर बिजोग खेपिरहेका बेला विदेशमै रहेर पनि आपूmहरूलाई सम्झनेलाई बस्तीका मुसहरले आशिष दिएका छन् ।

“कोरोनाले हामी काममा निस्कन पाएका थिएनौँ, बालबच्चा भोकले रुँदै थिए”, बस्तीका रामस्वरूप सादाले भन्नुभयो, “हाम्रै घरआँगनमा वडा कार्यालय छ, कोही फर्केर सोध्न आएनन्, विदेशमा बस्नेले सम्झे, तिनको जय होस् ।” अहिले अप्ठ्यारोमा त्राण बचे बिस्तारै काममा निस्कन सहज हुने मुसहरले विश्वास पालेका छन् ।

कृषि मजदुरी गर्ने मुसहर धन सञ्चित गर्ने वा भोलि के खाने चिन्ता लिँदैनन् भन्ने तराईमा आम बुझाइ छ । अहिले र बढीमा आज साँझसम्मको खाना जोहो गरेर मुसहरको जिन्दगी चलेको मल्हनियाँपोखरीकै श्रीराम सुवेदी बताउनुहुन्छ । ‘कमाइ ल्यायो, भुटी खायो’ मुसहरका लागि तराईमा चलनचल्तीको आहान हो ।

संयुक्त अरब इमिरेट्स, कतार, कुवेतसहितका खाडी मुलुकमा कार्यरत जिल्लाकै ८० कामदारले आफ्नो छाक काटेर विपद्मा परेकालाई सहयोग गर्न रकम पठाइदिएका महोत्तरी टाइगर समाज सेवा टिम गौशालाका संयोजक धामी दिपेन्द्र महतोले बताउनुभयो । प्राप्त रकमबाट जिल्लाका १०८ परिवारलाई प्रतिपरिवार रु दुई हजार बराबरको सामग्री नघट्ने गरी वितरण गर्न लागिएको महतोको भनाइ छ ।

अब ६५ परिवार गौशालाकै छिमेकका अन्य स्थानीयतहका बस्तीबाट छानेर राहत दिइने महतोले बताउनुभयो । वैदेशिक रोजगारीमा रहेका सहयोगीले चुल्हो निभ्नै लागेकालाई पहिचान गरेर ‘चुल्हो ननिभ्ने’ अभियानका रूपमा सहयोग परिचालन गराइदिन अपिल गरेका टाइगर समाजले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।