प्रधानमन्त्री देउवालाई बधाई

काठमाडौँ, ८ साउन (रासस) ः जनता समाज पार्टी नेपाल (जसपा) ले प्रधानमन्त्री देउवाको नेतृत्वमा रहेको गठवन्धन सरकारलाई मुलुकमा शान्ति र स्थिरता कायम गर्न, कोरोनाविरुद्धको खोप व्यवस्थान एवं सङ्घीयता कार्यान्वयनका लागि कानून बनाउने ठूलो कार्यभार रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री देउवालाई प्रतिनिधिभसाको आजको बैठकमा बधाई तथा शुभकामना दिदैँ उहाँले ‘‘अदालतको ऐतिहासिक फैसलाबाट आगामी राजनीति र लोकतन्त्रलाई स्थायीत्व प्रदान गर्दै अघि बढन सफलता मिल्ने छ भन्नुभएको थियो । ’’

सोही पार्टीका नेता अनिलकुमार झाले प्रधानमन्त्री देउवाले आफनो कार्यकालमा मधेशका मुद्धालाई सम्वोधन गर्न, विकास र समृद्धिका कार्यक्रमलाई अघि बढाउन सफलता मिलोस भनी शुभकामना व्यक्त गर्दै बधाई ज्ञापन गर्नुभयो ।

उहाँले भन्नुभयो, “नयाँ सरकारले सबै नागरिकलाई कोरानाविरुद्धको खोप व्यवस्थित रुपबाट अघि बढाउन ठोस पहल हुनेछ । देश र जनताका पक्षमा राम्रा कार्यक्रम अघि बढने छ ।”

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजेन्द्र लिङदेनले मुलुकले अनुभवी नेता प्रधानमन्त्री पाएकाले स–सना कामबाटै असल शुरुआत गर्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, “जनताले एकै पटक ठूलो परिवर्तनको आशा यो सरकारबाट गरेका छैनन्, तर जति काम गर्नुहुन्छ, त्यो जनताले महसूस गर्ने खाले हुन् ।”

राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेलले पटक पटक प्रतिनिधिसभा विघटन गरी अघि बढ्न खोज्ने प्रतिगमनकारी प्रयासलाई जितेर बनेको सरकारप्रति जनताको ठूलो आशा र भरोसा रहेकाले सुझबुझपूर्ण तरिकाले जिम्मेवारी पूरा गर्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, “असल र राम्रा कामतर्फ सरकारको ध्यान जाओस, सरकारलाई सफलताको शुभ कामना छ ।”
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विशिष्ट व्यक्तिका नाममा राजसी ठाँट देखिएको प्रसङ्ग उल्लेख गर्दै असारे विकासे बजेट अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले कृषि वैज्ञानिकलाई अनुसन्धान गर्न प्रोत्साहन गर्नुपर्ने भन्दै राजनीतिक कार्यकर्तालाई अनुशासित तुल्याउन आवश्यक रहेको बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।