‘सिङ्गो कम्युनिष्ट पार्टी बनाऔँ’

काठमाडौँ, ८ साउन (रासस)ः नेपालका कम्युनिष्ट पार्टीका शीर्ष नेताले मुलुक सिङ्गो कम्युनिष्ट पार्टी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।त्रिचालिसौँ पुष्पलाल स्मृति दिवसका अवसमा पुष्पलाल मित्रता केन्द्रद्वारा आज यहाँ आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान सङ्कट र आगामी बाटो’ कार्यक्रमका सहभागीले छरिएर रहेका कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्नेमा जोड दिनुभएको हो ।

नेकपा ९एमाले०का वरिष्ठ नेता माधवकुमार नेपालले छरिएर रहेका सबै कम्युनिष्ट पार्टीलाई सिङ्गो कम्युनिष्ट पार्टीमा एकताबद्ध हुनुपर्ने आवश्यकता औल्याउनुभयोे । उहाँले कम्युनिष्ट पार्टीबीच एकता भएमात्र कम्युनिष्ट आन्दोलनको रक्षा गर्न सकिने धारणा राख्नुभयो । “सिङ्गो कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउन नसके पनि कार्यगत एकता गरौँ” उहाँले भन्नुभयो, “एकता नभए पनि जनता र राष्ट्रका साझा विषयमा एकताबद्ध भएर मिलेर जान सकिन्छ ।”

पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका नेता नेपालले लोकतन्त्र, सुशासन, विकास निर्माण, जनताका पीरमर्कामा सबै कम्युनिष्ट पार्टीबीच मिलेर जान सकिने अवस्था रहेको भनाइ राख्नुभयो । कार्यक्रममा नेकपा ९माओवादी केन्द्र०का स्थायी कमिटी सदस्य गणेश साहले कम्युनिष्ट पार्टीबीच एकता गर्न नसके पनि कार्यगत एकता गर्नुपर्ने बताउनुभयो । उहाँले पुष्पलाल श्रेष्ठ हुँदा नेपालमा एउटै कम्युनिष्ट पार्टी भएको भन्दै साँचो अर्थमा पुष्पलाललाई आदर गर्ने हो भने एउटै कम्युनिष्ट पार्टी बनाउनुपर्ने बताउनुभयो ।

नेकपा ९क्रान्तिकारी माओवादी०का महासचिव मोहन वैद्यले विचार र सिद्धान्तभन्दा व्यक्तिगत कारणले कम्युनिष्टबीच बेमेल भएको बताउनुभयो । उहाँले अहिले छरिएर रहेका कम्युनिष्टबीच एकता गर्नसके पुष्पलाल प्रति सम्मान हुने उल्लेख गर्नुभयो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली जनताले कम्युनिष्ट प्रति विश्वास गरे पनि कम्युनिष्टले त्यसलाई सही सदुपयोग गर्न नसकेको बताउनुभयो । उहाँले कम्युनिष्ट पटकपटक सरकारमा पुगे पनि जनताको अवस्था फेर्न नसकेको बताउनुभयो । कार्यक्रममा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले कम्युनिष्ट आन्दोलनका कमीकमजोरीबारे छलफल गर्नुपर्ने बताउनुभयो ।
नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले कम्युनिष्टभित्र रहेका समस्याबारे छलफल गरेर कम्युनिष्ट आन्दोलनलाई एकढिक्का बनाउन सकिने धारणा राख्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।