कर्माचार्य कहिल्यै पनि पदको पछि लाग्नुुभएन, नेता कार्यकताले सिक्नुपर्छ : अध्यक्ष दाहाल

काठमाडौँ, ९ साउन (रासस) : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले त्याग देखाउन सक्नुपर्ने बताउनुुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ८औँ स्मृति दिवसलाई आज सम्बोधन गर्दै उहाँले पछिल्ला दिनमा कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता आदर्शबाट विचलित हुँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।

मन्त्री पाइएन भने नेतृत्वको आलोचना गर्ने र मन्त्री पाएमात्र काम गर्ने प्रवृत्ति अहिले जबर्जस्त रूपमा विकास भएको उहाँको भनाइ छ । नेकपाका संस्थापक कर्माचार्य कहिल्यै पनि पदका पछाडि नलागेको सन्दर्भ कोट्याउँदै उहाँले कम्युनिष्ट नेता कार्यकर्ताले कर्माचार्यको जस्तै आचरण देखाउन सक्नुपर्ने बताउनुुभयो ।

पद र शक्तिका लागि नेता कार्यकर्ताको होडबाजी चल्ने गरेको उल्लेख गर्दै उहाँले त्यसले कम्युनिष्ट आन्दोलनलाई नै क्षति पुुग्ने सुनाउनुुभयो । “अहिले मलाई यति सकस परेका छ, माओवादीका ४९ सांसदलाई मन्त्री पद चाहिएको छ”, उहाँले भन्नुुभयो, “हामीले धेरै पायाँै भने सात मन्त्रालय पाउने अवस्था हो, मन्त्री बनाउन चौतर्फी दबाब छ, त्यसकारण म तनावमा छु ।”

उहाँले मुलुकलाई असफल बनाउने प्रयासविरुद्ध एक भएर लडेको गठबन्धलाई कमजोर बनाउन प्रयास भइरहेको बताउनुुभयो । पद पाए सो अवसरमा अध्यक्ष दाहालले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई कुनै लापरबाही गर्ने छुट नभएको उल्लेख गर्नुभयो । उहाँले सरकारमा रहेर जनपक्षीय काम गर्न पनि निर्देशन दिनुुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।