अग्रगामी बिचार भएका शक्तिहरुको मोर्चा बनाएर अगाडि बढ्नुपर्छ : परिवार दल अध्यक्ष ढकाल

काठमाडौ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले जनअपेक्षा अनुरुप काम हुन नसकेको भन्दै अग्रगामी बिचार भएका शक्तिहरुको मोर्चा बनाएरअगाडि बढनुपर्नेमा जोड दिएका छन् ।

अध्यक्ष ढकालले प्रत्यक्ष निर्बाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसद हुनुपर्ने दलको धारणा रहेको बताउँदै संसदहरु मन्त्री नबने तर संसदहरुले कानुन निर्माण गर्ने र बिज्ञहरुलाई मन्त्री बनाउने ब्यस्था गर्न सके देशमा बिकास र समृद्धिले फड्को मार्ने बताए ।

एक मिडियामा बोल्दै अध्यक्ष ढकाले नेपालको संबिधान निर्माणमा परिवार दलको महत्वपूर्ण भूमिका रहको उल्लेख गदै संबिधान निर्माण पछि देशलाई स्थायीत्व दिनुपर्छ भनेर नेकपा एमालेसँग ३ बुदे सहमति गरी निर्बाचनमा गएको र जनताले झण्डै दुईतिहाई मत दिए पनि त्यसलाई बचाउन नसक्नु दुःखत बभएको बताए ।

उनले बिश्व कम्युनिष्ट आन्दोलनको इतिहास हेर्दा टुटने फुटने अन्तममा सिधिने अवस्था आएको बताएउँदै नेपालमा पनि त्यो अवस्था आउनसक्ने बतााए । उनले नयाँ परिबेस हाक्न सक्ने नेतृत्व हुनुपर्छ त्यो द्धन्द्धबाद र भौतिकबादमा मा नभएको बताए ।

नयाँ ढंगबाट बिकास र समृद्धि केन्द्रीत राजनीतिक अगाडि बढाउनुपर्छ भन्दै त्यसको लागि नेपालको बैकल्पीक प्रजातान्त्रीक शक्तिको आवश्यकता अनूरुपनै परिवार दल स्थापना गरेको अध्यक्ष ढकालको भनाई छ । उनले नेपाल एक घर सम्पूर्ण नेपाली एउटै परिवार भन्ने नयाँ बिचार र अग्रपन्थी लोकतन्त्रको बिचार धारा बोकेर परिवार दल राजनीतिमा आएको बताए ।

अध्यक्ष ढकालले शुरुमा पुरानो बिचार बलियो देखिए पनि अन्तगत्व नयाँ बिचारकै जित हुने बताए । अहिले पश्चगामी शक्ति, यथास्थतीबादी र अग्रगामी सोच भएकाहरुहरु त्रिपक्षीय द्धन्द भएको बताउदै अग्रगामी पक्षधरहरुले अगामी निर्बाचनमा बिजय प्राप्त गर्ने बताए । उनले अव नेपाली जनताले कांग्रेस, एमाले र माओवादीलाई बिदा गरी वैकल्पिक शक्ति रोज्नुपर्ने बेला भईसकेको बताए । शान्तिपूर्ण बाटोबाटै देशको समृद्धि ल्याउनुपर्छ भन्दै आफ्नो दल त्सतर्फ केन्द्रीत भएको बताए ।

उनले परिवार दल तेस्रो महाधिबेसन तयारीमा रहेको भन्दै अबिधेसनबाट आउने समितिले अव हुने निर्बाचनमा शसक्त रुपमा यो संबिधानले परिकल्पना गरेको नेपाल निर्माण गर्ने तर्फ लाग्ने बताए । उनले सबिधामा भएका तराई मधेशका असन्तुष्टीहरुलाई सम्बोधन गर्नु पर्ने बताउँदै संबिधान च्यात्न खोज्नेहरुको बिरुद्धएक हुनपर्नेमा जोड दिए । राष्ट्रियताको मुद्धामा परिवार दल कहिल्य पनि प्रतिपक्ष नहुने भन्दै सरकारले गर्ने काममको आधारमा समर्थन र बिरोध गर्ने बताए ।

अध्यक्ष ढकालले नेपालको राजनीतिमा कलाकार प्रबृति हामी भएको बताउँदै नरोएनी रोएको भान पार्ने हासेको भा पार्ने जुन कला क्षेत्रमा हुन्छ राजनीतिमा पनि कलाकर्मी प्रबृति हाबी भएकाले स्वछ प्रतिस्प्रर्धा हुन नसकेको बताए । ढकालले आफूले भखरै मात्र प्रदेश २ का आठ जिल्लाका १ हजार परिवारलाई खाधान्य सहयोग गरेको बताउँदै जनताको दूःख सुखमा परिवार दल सधै साथमा रहिरहने प्रतिबद्धता ब्यत्त गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।