माधव नेपाल समूहमा ट्वीस्ट, अष्टलक्ष्मी शाक्य बागमतीको मुख्यमन्त्री बन्दै

काठमाडौं । नेकपा एमाले पार्टी विभाजन गरी नयाँ पार्टी दर्ता प्रक्रिया अगाडि बढाएपछि माधव नेपाल समूहमा ट्वीस्ट आउन थालेको छ । त्यसको प्रभाव सबैभन्दा पहिले वागमति प्रदेश सरकारमा देखिएको छ ।

माधव नेपाल समूहमा रहेकी अष्टलक्ष्मी शाक्य पार्टी विभाजनको विपक्षमा उभिएकी छन् । पार्टी विभाजनको पक्षमा उभिएसँगै शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बन्न लागेकी हुन् । उनलाई आजै साँझ वा भोलि विहानसम्म बागमतीको मुख्यमन्त्री बनाइने भएको छ । अहिले हेटौंडामा एमाले संसदीय दलको बैठक शुरु हुन लागेको र आजै दलको नेता परिवर्तन हुने पोलिटब्यूरो सदस्य तथा प्रदेशसभा सदस्य अरुण नेपालले जानकारी दिए ।

मुख्यमन्त्री डोरमणी पौडेलले दलको नेताबाट राजीनामा दिएर शाक्यलाई नेता बनाउने तयारी छ । सकेसम्म आजै साँझ शाक्य मुख्यमन्त्री बन्ने छिन् । शाक्य मुख्यमन्त्री बनेपछि माधव पक्षका प्रदेशसभा सदस्यहरु नैतिक संकटमा परेका छन् । शाक्य र अरुण नेपाल एक ठाउँमा उभिएपछि माधव पक्षका धेरै सांसद रोकिने अवस्था देखिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।