बामदेव भन्छन्- अब ओलीको पक्षमा लागेर केही गर्न सकिँदैन

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले नेकपा एमाले (समाजवादी) मा जाने घोषणा गरेका छन् । आज उनले आफू पक्षका नेता कार्यकर्तासँगको छलफलपछि यस्तो घोषणा गरेका हुन् ।

म माधव नेपाल तिर जान्छु, गौतमले एकता अभियानका सदस्यहरुसँगको भर्चुअल बैठकमा भने, माधव नेपालले मलाई एमाले र वामपन्थी एकताको जिम्मा दिनुहुन्छ ।विगतमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकताको जिम्मेवारी दिन भन्दा नदिएको गुनासो गरे ।

उनले भने, ‘केपी ओलीलाई म एकता गर्छु जिम्मा दिनुहोस् भन्दा दिनुभएन । माधव नेपालले एकताको जिम्मा दिनुहुन्छ त्यसैले उहाँतिर जान्छु ।’माधव नेपालको पक्षमा रहेर एकताका लागि काम गर्ने र एक डेढ वर्षभित्र एमाले हुँदै सम्पूर्ण बामपन्थी एकता गर्ने दाबी गरे ।

आफू माधव नेपालको पक्षमा गएमा एकताका लागि दबाब पनि हुने तर्क गरे ।केपी शर्मा ओलीलाई सुधार्न नसकिने समेत गौतमको भनाई थियो । उनले भने, ‘केपी ओलीलाई पराजित गरेपछि मात्र सुधार्न सकिन्छ ।’ ओली नेतृत्वको एमालेमा गएर केही गर्न नसकिने बताए । उनले भने, ‘अब हामीले विद्रोह गर्ने हो ।’

अर्को पक्षमा लागेर पार्टी एकताका लागि प्रत्यत्न गर्ने हो ।बुधबार नेकपा एमाले समाजवादी निर्वाचन आयोगमा दर्ता हुँदा बामदेव गौतम देखिएका थिएनन् । यसले उनले माधव नेपालको साथ छाडेको आशंका भएको थियो । तर, आज उनले निकटस्थहरुसँग छलफल गरी माधव नेपालको पक्षमा जाने घोषणा गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।