सबै मिलेर पार्टीलाई एकतावद्व ढंगले अघि बढाउन केन्द्रीय स्तरका नेतालाई कांग्रेस जिल्ला स्तरका नेताको सुझाव

धनकुटा । नेपाली कांग्रेस धनकुटाको टोलीले आज पार्टीका महामन्त्री डा.शसाक कोईराला र पूर्व महामन्त्री प्रकाशमान सिंह श्रेष्ठ संग भेटघाट गरेकाे छ । भेटकाे अवसरमा टासलीले पार्टी संगठन र आगामी महाधिवेशनको वारेमा परार्मश गरेको छ ।

महामन्त्री डा. कोईराला सँग कांग्रेस जिल्ला सभापती अग्नी प्रसाद पौडेल,महासमिति सदस्यहरु अजित नारायण सिंह थापा,आनन्द सन्तोषी राई,जिल्ला सचिव विजय सन्तोषी राई,जिल्ला सदस्यहरु निर्मल ओझा,निलम थापा लगायतले भेटघाट गरी आगामी महाधिवेशन र पार्टी संगठन सुदृढीकरणको वारेमा परामर्श गरेका हुन् ।

टोलीले पूर्व महामन्त्री सिंह संग पनि भेटघाट गरी पार्टीको अहिलेका अवस्था,आगामी महाधिवेशनको वारेमा समेत छलफल गरेको थियो ।
सो अवसरमा कोईराला र सिंहले आफुहरु सभापतीको उम्मेदवार भएको वताउदै आगामी महाधिवेशनले नेपाली कांग्रेसलाई सक्षम नेतृत्व दिने वताएका छन् ।

टाेलीले दुवै नेताहरुलाई कांग्रेसलाई सशक्त बनाउन सवै नेताहरु मिल्नु पर्ने र पार्टीलाई एकताबद्ध ढंगले अगाडी बढाउनु पर्ने सुझाव समेत दिएको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।