दिल्लीबाट झलनाथकाे सन्देश – माधव नेपालकाे पार्टीकै साथमा छु
काठमाडौ । झलनाथ खनालले आफू नेकपा (एकीकृत समाजवादी) पार्टीकाे साथमा रहेकाे बताउनु भएकाे छ ।
माधवकुमार नेपाल नेतृत्वकाे एकीकृत समाजवादीले निर्वाचन आयाेगमा दल दर्ताकाे निवेदन दिएकाे केही समयपछि खनालकाे सचिवालयले साे जानकारी दिएकाे हाे । खनाल हाल भारतकाे नयाँ दिल्लीमा उपचाररत हुनुहुन्छ ।
‘भारतको नयाँदिल्ली स्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहनुभएको सम्पूर्णमा जानकारी गराउँदछौं’- खनालकाे सचिवालयले फेसबुकमा लेखेकाे छ ।


