आफू कसैलाई पराजित गर्न र ‘रिटाएर’ गर्न तथा असक्षम घोषण गर्न पार्टी सभापति पदमा उम्मेदवरीको घोषणा नगरेको ; निधि

काठमाडौँ, ११ भदौ ।नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको आसन्न १४ औँ महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्दै सम्पर्क कार्यालय स्थापना गर्नुभएको छ ।

उहाँले नेता कार्यकर्तासँग भेटघाटका लागि नयाँ बानेश्वरस्थित थापा गाउँमा सम्पर्क कार्यालयको आज शुभारम्भ गर्नुभएको हो । सो अवसरमा उहाँले आफू कसैलाई पराजित गर्न र ‘रिटाएर’ गर्न तथा असक्षम घोषण गर्न पार्टी सभापति पदमा उम्मेदवरीको घोषणा नगरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कांग्रेसलाई बलियो बनाउन र आगामी सबै तहका निर्वाचनमा पार्टीलाई बहुमत हासिल गर्र्ने मेरो चाहना हो । यसैका लागिपार्टी सभापतिको उम्मेदवारी घोषणा गरेको हुँ ।” आफू पार्टीका संस्थापक नेता बिपी कोइरालाको प्रेरणा र योगदानले नै आजको अवस्थामा आइपुगेको उहाँको भनाइ थियो ।

संविधानसभाबाट कांग्रेसको बहुमत नहुँदा पनि आफूहरु सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी राजनीतिक व्यवस्थासहितको संविधान जारी गर्न सफल भएको उल्लेख गर्दै उहाँले कांग्रेसले यसको कार्यान्वयन गर्र्दै स्वामित्व लिने र संविधानलाई अलपत्र पर्न नदिने स्पष्ट पार्नुभयो ।

गत तीन वर्षमा संविधानका मर्ममा विश्वास नगर्ने राजनीतिक दल सत्तामा हुँदा मुुलुकमा सबै क्षेत्रमा विकृति देखिएको धारणा व्यक्त गर्दै उहाँले भन्नुभयो, “आगामी आमनिर्वाचनमा हामी यो विषय जनतामाझ उठाउँछौँ ।” आगामी निर्वाचनमा कांग्रेस गुट उपगुटभन्दा माथि उठेर आओस् भन्ने जनताको चाहना रहेको उहाँको भनाइ थियो ।

पार्टीको क्रियाशील सदस्यतामा ३५ प्रतिशतभन्दा बढी युवा वर्गको प्रतिनिधित्व रहेको अवगत गराउँदै उहाँले आफू युवा वर्गका लागि पार्टीमा सहजकर्ताको भूमिका निर्वाह गर्न तयार रहेको बताउनुभयो ।

फरक प्रसङ्गमा पूर्व उपप्रधानमन्त्री निधिले संविधानले सबैलाई धार्मिक स्वतन्त्रताको अधिकारको सुनिश्चितता गरेको जनाउँदै सबैले सबै धर्मको सम्मान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य, जिल्ला सभापति तथा विभिन्न जिल्लाबाट आएका नेता कार्यकर्ताको सहभागिता थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।