नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने,रुखमा नयाँ–नयाँ पालुवा पलाइरहेका छन्ःअध्यक्ष ओली

काठमाडौँ, १२ भदौ । नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताउनुभएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिकामा पार्टीको नगर कमिटी, वडा कमिटी र अखिल नेपाल महिला सङ्घको घोषणा कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, “एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन । रुखमा नयाँ नयाँ पालुवा पलाउँदैछन् । नयाँ नयाँ हाँगा हाल्दैछन् ।”

अध्यक्ष ओलीले एकदुईवटा पात खस्दैमा रूखलाई फरक नपरे जस्तै पार्टीमा विभाजन गरी कोही जाँदैमा फरक नपर्ने बताउनुभयो । महासागरजस्तो एमाले पार्टीमा पौडी खेल्ने ठाउँ नभएर केही साथीले खाल्डो खनेको बताउँदै उहाँले पार्टीको केही साथीहरु प्रतिक्रियावादी र विदेशीको चङ्गुलमा परेर पार्टी विभाजन गरेको आरोप लगाउनुभयो ।

“पार्टीका केही मानिसलाई मैले धेरै सम्झाउन र बुझाउन कोसिस गरेको थिएँ,” उहाँले भन्नुभयो, “एमालेलाई ध्वस्त पार्छु भनेपछि त्यस्ता मानिसलाई सम्झाएर र बुझाएर सकिँदैन ।”

अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफूविरुद्ध भएको षडयन्त्रको एकमुष्ट जवाफ दिने उल्लेख गर्दै मुलुकलाई पछौटेपनबाट आधुनिक, अविकसितबाट विकसित, कृषिको व्यावसायिकीकरण, उद्योगको आधुनिकीकरण, डिजिटल नेपालको परिकल्पनालाई साकार पार्ने काम अब एमालेले गर्ने बताउनुभयो ।

कार्यक्रमम एमाले केन्द्रीय सदस्य महेश बस्नेतले पार्टी विभाजन गरी कोही गए पनि फरक नपर्ने बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।