गगनको कारण कांग्रेसमा खैलाबैला, पौडेल कित्तामा खम्बा झै उभिए…

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापा रामचन्द्र पौडेल कित्तामा उभिएका छन् ।

बिहीबार पौडेल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका नेता यसअघि महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको क्याम्पबाट लडेका थिए ।

केही दिनअघि मात्र आसन्न नेपाली काँग्रेसको महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार घोषणा गरेका थापा पौडेल समूहको पत्रकार सम्मेलनमा उपस्थित हुनुलाई अचम्मका रुपमा हेरिएको छ ।

यसअघि महामन्त्री पदमा उम्मेदवार घोषणा गरेका थापाले आफू-कुन समूहमा लागेको खुलाएका थिएनन् ।

पौडेल समूहले आज एकताको सन्देश दिनका लागि पत्रकार सम्मेलनको आयोजना गरेको जनाएको छ । पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवालाई चुनौती दिन कसरत गर्दै आएको छ। १३ औं महाधिवेशनमा सँगै चुनाव लडेका नेताहरु शशांक कोइराला, अर्जुन नरसिंह केसी र गगन थापा एकै ठाउँमा उभिएर देउवालाई कडा संदेश दिएका हुन्।

यस्तै, महामन्त्रीका लागि प्रधानमन्त्री तथा पार्टी सभापति देउवा समूहबाट गृहमन्त्री बालकृष्ण खाँड र नेता प्रकाशशरण महतबीच को उठ्ने भन्ने बारेमा प्रतिस्पर्धा चलिरहेको छ।

देउवाले खाँडलाई गृहमन्त्री बनाएपछि महतलाई अगाडि ल्याउन खोजिरहेका छन्। तर, खाँडले भने मानेका छैनन । उनी जसरी पनि महामन्त्री बन्ने दाउमा छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।