मोरङमा पार्टीको अधिवेशन सारियो

विराटनगर, १८ भदौ ।नेपाली कांग्रेसको आशन्न १४औँ महाधिवेशनका लागि गरिने वडा अधिवेशन मोरङमा केही दिनपछि गरिने भएको छ ।

वडादेखि क्षेत्र र जिल्लाको अधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यको नामावली पूर्णरुपमा टुङ्गो नलागेका कारण आज हुने भनिएको वडाको अधिवेशन सारिएको पार्टीका जिल्लासचिव मोदराज घिमिरेले जानकारी दिनुभयो ।

उहाँले मोरङमा कूल ३० हजार ५३२ क्रियाशील सदस्य रहेकामा १६ हजार २७७ को नवीकरण र अन्य नयाँ रहेको बताउनुभयो ।

जिल्ला सभापतिका लागि वर्तमान सभापति डिकबहादुर लिम्बू, दीलीपकुमार गच्छदार, गोपालमान सिंह राजभण्डारी, यदु विष्ट र मदन सङ्ग्रौलाका साथै उपसभापतिका लागि वर्तमान सचिव मोदराज घिमिरे, नागेश कोइराला र गोपालबहादुर थापाको नाम चर्चामा छ ।

सचिवमा शिव ढकाल र ललित श्रेष्ठको नाम चर्चामा रहे पनि थप उमेदवार देखापर्न सक्ने पार्टीका क्रियाशील सदस्यको भनाइ छ ।

क्रियाशील सदस्यको टुङ्गो लाग्नेवित्तिकै बुबाको मुख हेर्ने दिन र तीजलाई असर नपर्ने गरी अधिवेशनको कार्यक्रम अघि बढाइने जनाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।