ओखलढुंगामा एकीकृत समाजवादीको पार्टी कार्यालय स्थापना
ओखलढुंगा । ओखलढुंगामा नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय स्थापना गरिएको छ। केन्द्रमा केपी ओली नेतृत्वको एमालेबाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादीको आइतबार ओखलढुंगामा पार्टी कार्यालय स्थापना गरिएको हो।
सदरमुकामस्थित पुरानो हुलाकडाँडामा स्थापना गरिएको पार्टी कार्यालय नेकपा (एकीकृत समाजवादी) का नेता नेत्रप्रसाद भट्टराईले उद्घाटन गरेका छन्। पार्टी कार्यालय उद्घाटन गर्दै भट्टराईले एमाले अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलनलाई विसर्जन गर्ने अवस्थामा पुर्याएकाले नेपाली कम्युनिस्ट आन्दोलनलाई सार्थक र रक्षा गर्न आफूहरूले नयाँ पार्टी गठन गर्नुपरेको दाबी गरेका छन्।
एमालेमा रहँदा आफ्नो नेतृत्वमा रहेको समानान्तर जिल्ला कमिटी अहिले नेकपा ९एकीकृत समाजवादी०मा समाहित भएको जानकारी गराउँदै उनले नयाँ पार्टीमा नलागेर एमालेमै बसेका नेताहरूको ठाउँमा नयाँ पदाधिकारी मनोनीत गरिने बताए।


