खोटाङका ७० वडामा सर्वसम्मत, आठमा निर्वाचन

खोटाङ, २१ भदौ । नेपाली कांग्रेस खोटाङले पार्टीको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत जिल्लाका एक वडाबाहेक अन्यमा अधिवेशन सम्पन्न गरेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा बाहेक ७९ वडामा अधिवेशन सम्पन्न भएको हो । चुनावका लागि वडा सभापतिको मनोनयन दर्ता गर्ने क्रममा विवाद भएपछि सो वडाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको मतदान अधिकृत घनश्याम आचार्यले जानकारीदिनुभयो ।

सत्तरी वडामा सर्वसम्मत र आठमा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिननुभयो ।

जिल्लामा छ हजार ८०० क्रियाशील सदस्य रहेको जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी, खोटेहाङ , साकेला र बराहपोखरी गाउँपालिकामा सर्वसम्मत अधिवेशन सम्पन्न भएको हो ।

वडा अधिवेशनबाट वडा सभापतिसहित २३ सदस्यीय कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्ने कांग्रेस विधानमा व्यवस्था छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।