राष्ट्रिय हितका निम्ति परिवर्तन र क्रान्तिको पक्षमा कम्युनिष्ट एकताको झण्डा उठाउँछु : प्रचण्ड

पाल्पा, २१ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पृष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय हितका निम्ति परिवर्तन र क्रान्तिको पक्षमा झण्डा उठाउने बताउनुभएको छ । उहाँले नेपालका विभिन्न कम्युनिष्ट पार्टीबीच छलफल गरी एकताको झण्डा उठाउनुपर्ने बताउनुभयो ।

माओवादी केन्द्र पाल्पाको विस्तारित बैठकलाई जुममार्फत सम्बोधन गर्दै प्रचण्डले बाबुराम भट्टराई, मोहन वैद्य(किरण), नेत्रबिक्रम चन्द(विप्लव) र उपेन्द्र यादवसँग सकारात्मक छलफल भइरहेकाले आफू आशावादी भएको बताउनुभयो । माओवादी केन्द्र र नेकपा (एमाले)बीच हुँदा आफूहरू कमजोर नभएको बताउनुभयो । उहाँले देशका उत्पीडित जाति, वर्ग, लिङ्ग समुदाय एवं राष्ट्रको एकताको पक्षमा झण्डा उठाउने बताउनुभयो ।

उहाँले माओवादी पूर्ण समानुपातिक निर्वाचनको पक्षमा नै उभिएको र आगामी दिन पनि पूर्ण समानुपातिक निर्वाचनको मुद्दालाई अगाडि बढाउने बताउनुभयो । उहाँले नेकपा गठन गर्दा वैचारिक प्रतिवेदन र सङ्गठनमा माओवादीमय प्रतिवेदन भएकोे दाबी गर्नुभयो । माओवादी जनयुद्धको मूल्याङ्कन, राष्ट्रिय जागरणको मूल्याङ्कन, कुन पार्टीले ल्यायो, मूल्याङ्कन हाम्रो पक्षमा रहेको प्रचण्डको दाबी छ ।

नेकपा माओवादीका जिल्ला इन्चार्ज तुलाराम घर्ती मगरले पार्टी बलियो बनाउने जिम्मा कार्यकर्तामा आएको बताउनुभयो । उहाँले कार्यकर्तादेखि नेतासम्म पार्टी कसरी बलियो बनाउने भन्ने चिन्ता रहेकाले त्यो अभियान छिटो सञ्चालन हुने बताउनुभयो ।

कार्यक्रममा जिल्ला अध्यक्ष नेत्रप्रसाद पाण्डेयले माओवादीले पार्टी सङ्गठन बलियो बनाउन अभियान नै सञ्चालन गर्ने बताउनुभयो । उहाँले पार्टीका अब नियमित गतिविधिहरू सञ्चालन हुने र त्यसले पार्टीलाई चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो ।

नेकपा माओवादी जिल्ला समितिलाई समन्वय समितिमा बदलिएपछिको यो पहिलो बैठक हो । माओवादीका जिल्ला तथा गाउँपालिकाको अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।