माओवादीले प्रदेश १ का जिल्ला नेतृत्वको जिम्मेवारी तोक्यो

विराटनगर, २१ भदौ । नेकपा माओवादी केन्द्रले प्रदेश समितिले जिल्ला सम्मेलन सम्मका लागि नेताहरुको कार्यविभाजन गरेको छ ।

भदौ २० गते प्रदेश समिति कार्यालयको बैठकले विभिन्न जिल्लामा नेताहरुलाई सहइन्चार्ज र संयोजकहरु जिम्मेवारी दिने निर्णय गरेको हो ।

बैठकले पाँचथरमा हर्कबहादुर नेम्वाङलाई सहइन्चार्ज र होमबहादुर जबेगुलाई संयोजकको जिम्मेवारी दिएको छ । माओवादी केन्द्रले ताप्लेजुङ्गको संयोजकको जिम्मेवारी बिजयप्रकाश बनेमले पाएका छन् । इलाममा हर्कबहादुर लावती र टीका घिमिरे सहसंयोजक बनेका छन् भने सोममाया राई जिल्ला संयोजक भएकी छन् ।

माओवादी केन्द्रले झलकसिं दर्लामीलाई झापा जिल्लाको सहइन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको छ भने झापा संयोजकको जिम्मेवारी मनिकुमार राईले पाएका छन् । मोरङमा प्रदेशसभा सदस्य कुलप्रसाद साम्बाले सहइन्चार्जको जिम्मेवारी पाएका छन् भने गणेश उप्रेती जिल्ला संयोजक बनेका छन् । सुनसरीमा मुक्साहाङ मेन्याङबो र शिबकुमार डाँगी सहइन्चार्ज भएका छन् भने योगेन्द्रप्रसाद मण्डल संयोजक बनेका छन् ।

यसैगरी धनकुटा सहइन्चार्जमा धनमाया बिकलाई जिम्मेवारी दिइएको छ भने ऋषिराम ढुंगानाले संयोजकको जिम्मेवारी पाएका छन् । संखुवासभामा रिपुप्रसाद राई, इन्दिरा मिश्र र थानप्रसाद अधिकारी सहइन्चार्ज बनेका छन् भने संयोजकमा कृष्ण जीमी याक्खालाई जिम्मेवारी दिइएको नेकपा माओवादी प्रदेश समितिले जानकारी दिएको छ ।

भोजपुर जिल्ला सहसंयोजकको जिम्मेवारी दिलकुमार राईले र संयोजकको जिम्मेवारी नगेन्द्र भुजेलले पाएका छन् । यस्तै खोटाङ सहइन्चार्जमा धुर्ब बुढाथोकीलाई र संयोजकमा देवन चाम्लिङ्ग राईलाई दिने निर्णय माओवादी केन्द्रले गरेको छ । ओखलढुंगामा प्रदेशसभा सदस्यसमेत रहेका मोहनकुमार खड्का संयोजक बनेका छन् ।

माओवादी केन्द्रले उपयपुरमा तीन जना इन्चार्ज बनाएको छ । उदयपुरमा भीमबहादुर अधिकारी, मोहनबहादुर खत्री र राजन किराँती सहइन्चार्ज बनेका छन् भने विनोद कटुवालले जिल्ला संयोजकको जिम्मेवारी पाएका छन् ।

नेकपा माओवादी केन्द्रले विराटनगर महानगरपालिको सहइन्चार्जमा हेमबहादुर कार्कीलाई जिम्मेवारी दिएको छ भने भोगेन्द्र यादवलाई संयोजक र नमिता न्यौपानेलाई सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।