कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ, २२ भदौ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ ।

सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्ने बैठकमा बुधबारदेखि सुरु हुन लागेको सङ्घीय संसद् बैठकमा पार्टीको तर्फबाट तयारी, अध्यादेश र बजेटलगायत विषयमा छलफल हुने पार्टीका सचेतक पुष्पा भुषालले जानकारी दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा यही भदौ २३ गते अपरान्ह ४ बजे सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।

यो पनि पढ्नुहोस

बैतडी, २२ भदौ । लगातारको वर्षापछि प,हिरो खस्दा पाटन–पञ्चेश्वर सडकखण्ड अवरुद्ध भएको छ । पाटन नगरपालिका–६ स्थित चानपुरमा गए राति प,हिरोले सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा तल्लो स्वराडबाट सदरमुकाम गढी गोठलापानी, डडेल्ुधरा, धनगढी, महेन्द्रनगरलगायत ठाउँका लागि छुटेका तथा तल्लो स्वराड भित्रिने सवारीसाधन बीच बाटोमै थन्किएका छन् । सडक अ,वरुद्ध हुँदा अस्पताल जान लागेका बिरामीसमेत बीच बाटोमै अलपत्र परेका छन् ।

अवरुद्ध सडक खुलाउनका लागि पहल भइरहको इलाका प्रहरी कार्यालय पाटनका निमित्त प्रमुख रामदत्त भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिरो पन्छाउने काम भइरहेको छ, प,हिरो लगातार खसिरहेका कारण सडक खुलाउन समय लाग्छ ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।