नेकपा (माओवादी केन्द्र)ले तोक्यो पालिका इन्चार्ज तथा अध्यक्ष

खोटाङ, २४ भदौ । नेकपा (माओवादी केन्द्र)ले खोटाङका १० वटै स्थानीय तहमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोकेको छ । २२ र २३ भदौमा सम्पन्न माओवादी केन्द्रको जिल्ला कमिटीको विस्तारित बैठकले जिल्लाका सबै तहमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।

माओवादी केन्द्रले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको इन्चार्जमा सुरेश राई, सहइन्चार्जमा विनोद आचार्य, जयप्रकाश राई, सन्तोष राई, माधव राई, विकास राई र बलराम राईलाई चयन गरेको छ । यस्तै, नगर कमिटी अध्यक्षमा बिसन राई र सचिवमा युगसन किरात चयन भएका छन् ।

यस्तै, हलेसी तुवाचुङ नगरपालिकाको इन्चार्जमा जीवन राई ‘संगीन’, सहइन्चार्जमा हस्तबहादुर राई ‘आमोद’ र चइन्द्र राई ‘आक्रोश’, अध्यक्षमा राजुविक्रम चाम्लिङ र सचिवमा कुमार बुढाथोकी चयन भएका छन् ।

ऐँसेलुखर्क गाउँपालिकामा श्रीबहादुर राईलाई इन्चार्ज, सृमबहादुर राईलाई सहइन्चार्ज, अगमसिंह राईलाई अध्यक्ष र रमेश राजभण्डारीलाई सचिवको जिम्मेवारी दिइएको छ ।

रावाबेँसी गाउँपालिकामा भूमि अधिकारीले इन्चार्ज, लीला श्रेष्ठ ‘सविन’ र रामबहादुर राईले सहइचार्ज, राजन मगरले अध्यक्ष र सीता कटुवालले सचिवको जिम्मेवारी पाएका छन् ।

यस्तै, केपिलासगढी गाउँपालिकाको इन्चार्जमा रश्मि रसाइली, सहइन्चार्जमा रुद्र राई, अध्यक्षमा साङ्गे शेर्पा र सचिवमा जिज्ञासा चुनिएका छन् ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा दीपक पाण्डे ‘आकाश’ले इन्चार्ज, कल्पना चाम्लिङ, अजम्बर राई, लक्ष्मीकुमार राई र मेरु राईले सहइन्चार्ज, राजेन्द्र राईले अध्यक्ष र दीपक पौडेलले सचिवको जिम्मेवारी पाएका छन् ।

खोटेहाङ गाउँपालिकामा उदिम राई ‘मुक्ति’ इन्चार्ज, इन्द्र नाराथुङ्गे सहइन्चार्ज, दीपेन थुलुङ अध्यक्ष र धनबहादुर महाराजी सचिव बनाइएका छन् ।

बराहपोखरी गाउँपालिकामा निशाना राई इन्चार्ज, दुर्गाबहादुर राई सहइन्चार्ज, युवराज मगर अध्यक्ष र ताराकान्त राई सचिव बनेका छन् भने जन्तेढुंगा गाउँपालिकामा अरुणा राईले इन्चार्ज, वीरबल किराती र केदार राईले सहइन्चार्ज, बद्री राईले अध्यक्ष र विकास भट्टराईले सचिवको जिम्मेवारी पाएका छन् ।

यस्तै, साकेला गाउँपालिका इन्चार्जमा अर्जुनकुमार खड्का ‘झंकार’, सहइन्चार्जमा बिर्सिका राई, अध्यक्षमा नवीन राई र सचिवमा मोहन खत्री चयन भएका माओवादी केन्द्रले जनाएको छ ।-न्यूज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।