यो संसदले विकृति जन्माउँछ, चाँडै चुनावमा जानु नै विकल्प: महेश बस्नेत

कुलप्रसाद काफ्ले/चितवन, २६ भदौ । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले यो संसदले विकृति र विसंगति मात्रै जन्माउने बताएका छन् । प्रेस चौचारी चितवन शाखाले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बस्नेतले संसदले विकृति मात्रै जन्माउने र यसले कुनै कानुन र बिजनेस दिन नसक्ने भएकाले चाँडै चुनावमा जानु नै विकल्प रहेको बताए ।

‘एमालेको तर्फबाट के भन्छु भने, अब यो संसदले अब विकृति, विसंगति जन्माउँछ । कुनै कानुन र बिजनेस दिन सक्दैन । सरकार परमादेशले दिएको छ । अध्यादेशले मन्त्री बन्ला । तर त्यो विकृति र भ्रष्टाचारको बाहक हुने भएकाले जतिसक्दो चाँडो चुनावमा जानुपर्छ । अर्ली इलेक्सन नै आजको विकल्प हो,’ उनले भने ।

शुक्रबार संसदमा भएको एमाले सांसद र मर्यादापालकबीचको घम्साघम्सी काष्टिङ मात्रै भएको उनले बताए । प्रमुख प्रतिपक्षलाई पेलेर जान खोजे संसदमा आक्रोश पैदा हुने र मुलुक द्वन्द्वतर्फ जाने उनले चेतावनी दिए ।

‘प्रमुख प्रतिपक्ष दलसँग द्वन्द्व बढाएर पार्टी विभाजनको षड्यन्त्रमा जानुभो भने पार्टी अध्यक्षको शब्द सापटी लिएर भन्छु नेकपा एमालेलाई मरेको बाघ सम्झेर कसैले झुंगा उखेल्ने प्रयास गर्छ भने एमाले ज्युँदो बाघ हो भनेर पटक–पटक देखाउछौँ,’ उनले भने, ‘हिजो देखाएको त त्यो काष्टिङ मात्रै हो । हामी रचनात्मक प्रतिपक्षको भूमिका खेल्न तयार छौं । हिम्मत छ भने निर्वाचनमा आउनुस्, हामी भिड्न पनि तयार छौँ ।’

सभामुखले नेपालकै इतिहासमा कार्यव्यवस्था समितिको बैठक नबसी र विपक्षी दलसँग सहमति र छलफल नै नगरी संसद चलाउने प्रचलनको सुरुवात गरेको नेता बस्नेतले बताए । सभामुखले एमाले र माओवादीलाई हेर्ने फरक–फरक चश्मा लगाएको भए त्यस्तो चश्मा निकाल्नुपर्ने उनले बताए ।

माओवादी र जसपाले आफ्ना सांसदलाई कारवाही गरेको सूचना सभामुखले २४ घण्टाभित्रै टाँसेको तर एमालले ह्विप उल्लघंन गर्ने सांसदलाई गरेको कारवाहीको सूचना नटाँसी काइते कुरा गरेर एमालेलाई विभेद गरेको उनको आरोप छ ।

‘सभामुखको पद तटस्थ हुनुपर्छ । पक्षपातपूर्ण व्यवहार गर्न पाइँदैन र राजनीतिक आबद्धतालाई त्याग्नुपर्छ,’ उनले भने, ‘अहिलेको सभामुखले एमाले विभाजन गर्ने र एमालेलाई पक्षपातपूर्ण व्यवहार गर्ने कुरामा भूमिका खेल्नुभयो । गठबन्धनको मतियार बनेर ह्विप उल्लघंन गर्ने सांसदको विषयमा न्यायाधीशको जस्तो निर्णय गर्नुभयो जुन उहाँलाई त्यो अधिकार छैन ।’

एमसीसीको विषयमा बोल्दै एमाले नेता बस्नेतले गठबन्धनको सरकारले निर्णय गरेपछि मात्रै एमालेले आफ्नो धारणा बनाउने बताए । एमाले जनताको इच्छा र चाहना विपरीत जान नसक्ने भन्दै उनले पार्टीकोतर्फबाट अहिल्यै धारणा बनाउन हतार हुने बताए ।-न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।