वर्तमान सरकार अवसरवादीको समूह हो, यसले जनहितका काम गर्दैन: सांसद भण्डारी

सीपी लोहिया/बैतडी, २७ भदौ । पूर्वअर्थ राज्यमन्त्री एवं बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान संघीय सरकार अवसरवादीहरुको सरकार भएको बताएका छन् ।

शनिबार बैतडीको दोगडाकेदार गाउँपालिकास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले प्रदेश कमिटी सचिवालय सदस्यसमेत रहेका भण्डारीले प्रचण्ड र माधव नेपालले कम्युनिस्ट पार्टीमै रहँदा मन लागेका अवसर नपाउँदा भागका लागि पार्टी फुटाएको आरोप लगाए ।

उनले भने, ‘नेकपामा रहँदा प्रचण्डलाई पहिलो वरियताको अध्यक्ष र माधवलाई केही मन्त्रालयमा आफ्नो गुटका मान्छे मन्त्री हुनुपर्ने माग पूरा नभएपछि पार्टी फुटाउने खेल सुरु गरे । फलस्वरुप अहिले देउवाको नेतृत्वमा सरकार बनाए । तर यो सरकार विदेशी शक्ति केन्द्रको आडमा केही निश्चित नेताको स्वार्थका लागि बनेको अपवित्र गठबन्धन हो । यो सरकारले जनहितका काम गर्न सक्दैन ।’

अहिले सरकार जनहित विपरीत काम गरिरहेको सांसद भण्डारीले बताए । केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेटलाई संशोधन गरि जनहित विरोधी काम गरेको उनको आरोप छ । उनले भने, ‘वर्तमान सरकारले संशोधन गरेको बजेटमा हाम्रा धेरै महत्वपूर्ण आयोजनाहरु हटाइएका छन् । तर ती आयोजनाहरु कसरी हटाइँदा रहेछन्, हामी पनि हेरौंला ।’

सांसद भण्डारीले वर्तमान सरकाले भारतसामू घुडा टेकिसकेको आरोप लगाए । दार्चुलामा भएको तुइन घटनाका बेपत्ता जयसिंह धामीको बिषयमा सरकारले बोल्ने आँटसम्म गर्न नसक्नु दुखको बिषय भएको उनले बताए । ‘अहिले केपी ओली प्रधानमन्त्री भएको भए जयसिंहको परिवारले न्याय पाउनुका साथै दोषीलाई कारवाही भइसक्ने थियो,’ उनले भने ।

शनिबारदेखि सुरु भएको प्रशिक्षण आज पनि चल्नेछ ।-न्युज काररखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।