एकीकृत समाजवादी बागमती संसदीय दलको नेतामा पाण्डे चयन, शाक्य नेतृत्वको सरकारलाई समर्थन नदिने

शिव चौलागाई/मकवानपुर, २७ भदौ । नेकपा (एकीकृत समाजवादी) ले पार्टीको औपचारिकता पाएपछि आइतबार बसेको बागमती प्रदेश संसदीय दलको बैठकले संसदीय दलको नेतामा राजेन्द्रप्रसाद पाण्डेलाई चयन गरेको छ ।

प्रदेशका ज्येष्ठ सदस्य माधवप्रसाद पौडेलको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले धादिङ–१ को (प्रदेश १) बाट प्रतिधित्व गर्ने पाण्डेलाई सर्वसम्मतले संसदीय दलको नेता चयन गरेको हो ।

दलको पहिलो बैठकमा एकीकृत समाजवादीमा सनाखत गरेका १३ जना सांसदको उपस्थिति रहेको प्रदेशसभाका सदस्य एवं एकीकृत समाजवादीका केन्द्रीय सदस्य मुनु सिग्देलले जानकारी दिइन् ।

बैठकले बागमती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई आफ्नो पार्टीको समर्थन नभएको निर्णय पनि गरेको छ । सरकारलाई आफ्नो पार्टीको समर्थन नरहेको बारेको जानकारी प्रदेशसभा सचिवालय र सरकारको मुख्यमन्त्री कार्यालयलाई आजै जानकारी गराउने निर्णय पनि एकीकृत समाजवादीले गरेको छ ।

एकीकृत समाजवादीको प्रदेश संसदीय दलको विधान पारित गरेको छ भने पार्टीका लागि कार्यालय उपलब्ध गराउँन बागमती प्रदेशसभा सचिवालयलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।

आइतबार निर्वाचन आयोगबाट माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको आधिकारिकता र आवद्ध सांसद्हरूको नामावलीसहितको पत्र बागमती प्रदेशसभा सचिवालयमा प्राप्त भई दर्ता भएपछि बैठक बसेको हो ।

बागमती प्रदेशसभामा निर्वाचन आयोगले समाजवादीलाई आधिकारिता दिएसँगै प्रदेशसभामा आवद्ध दलको संख्या पनि आठ पुगेको हो ।

बागमती प्रदेशसभामा एमाले ४३ सांसद्का साथ पहिलो, २३ सांसद्का साथ नेकपा माओवादी केन्द्र दोस्रो, २२ सांसद्का साथ नेपाली कांग्रेस तेस्रो, १३ सांसदसहितको नेकपा एकीकृत समाजवादी चौथो, तीन सांसद् भएको विवेकशील साझा पार्टी पाँचौं, दुई÷दुई सांसद रहेका राप्रपा र नेमकिपाका क्रमशः छैटौं र सातौं स्थानमा छन् । प्रदेशसभामा एकजना सांसद स्वतन्त्र हैसियतमा रहेका छन् ।

प्रदेशसभा सचिवालयमा नेकपा एमालेको विभाजनपछि बनेको एकीकृत समाजवादीमा सनाखत गरेका १३ जना सांसदले पनि आधिकारिकता पाएका छन् ।
एमाले परित्याग गरी एकीकृत समाजवादीमा सनाखत गरेका राजेन्द्र पाण्डे, बसन्त मानन्धर, बसुन्धारा हुमागाई, रामा आलेमगर, मुनु सिग्देल, इन्द्रमाया गुरुङ, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, माधवप्रसाद पौडेल, कृष्णप्रसाद खनाल, पार्वती सिलवाल, कुसुम कुमार कार्की र मीना ज्ञवालीलाई निर्वाचन आयोगले आधिकारिता प्रदान गरेको हो ।-न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।