देउवा नेतृत्वको सरकारले देशलाई बन्धक बनायो : नेम्बाङ

विराटनगर, ३० भदौ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले परमादेशबाट आएको शेरबहादुर देउवा सरकारले देशलाई बन्धक बनाएको आरोप लगाएका छन् ।

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेम्बाङले जनताबाट आएको सरकारले मात्रै जनताका समस्या बुझ्ने, परामादेशबाट आएको सरकारले नबुझने दाबी गरे ।

नेम्बाङले सभामुख सबैको नेता हुन नसकेकोसमेत आरोप लगाए । उनले संसद् अवरुद्ध राखिराख्नेसमेत बताए । ‘अदालतले गलत कुरालाई टेकेर गलत निर्णय गर्न थालेजस्तो हामीलाई लाग्न थालेको छ,’ नेम्बाङले भने, ‘तर पनि सर्वोच्च अदालतको आदेशलाई हामी सम्मान गर्छौ ।’ नेता नेम्बाङ उदपयपुर जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आएका हुन् । -न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।