प्रदेश १ मा पाँच मन्त्री थपिँदै ,आज नै सपथ

उत्तम पोख्रेल/विराटनगर, ३० भदौ । अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । पाँचजना मन्त्री नियुक्त गर्ने तयारी रहेको मुख्यमन्त्री आचार्यका प्रेस सल्लाकार देवेन्द्र कार्कीले जानकारी दिए ।

उनका अनुसार दुई मन्त्री र तीन राज्यमन्त्री थप्नेबारे छलफल भइरहेको छ । नवनियुक्त मन्त्रीहरूलाई आज नै सपथ गराउने कार्यक्रमसमेत तय भएको कार्कीले बताए ।

मन्त्री बन्नेहरूको नाम टुंगो लागिसकेको र राज्यमन्त्रीका विषयमा छलफल भइरहेको उनकाे भनाइ छ । तुलसी न्यौपाने र हिरा थापाको नाम मन्त्रीमा टुंगो लागिसकोको तर, कुन मन्त्रालय दिने भन्नेमा छलफल भइरहेको कार्कीले बताए ।

यस्तै राज्यमन्त्रीमा उत्तम बस्नेत, ज्ञानेश्वर राजवंशी, यशोदा अधिकारी, नरेन राई र अम्बिका थापाको नामको विषयमा अहिले मुख्यमन्त्री कार्यालयमा छलफल भइरहेको छ । बुद्धिकुमार राजभण्डारी र विमल कार्कीले भने मन्त्री हुन अस्वीकार गरेका छन् । -न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।