खुल्यो एकीकृत समाजवादीको कार्यालय

मकवानपुर, ३१ भदौ । नेकपा (एकीकृत समाजवादी) मकवानपुरको पार्टी कार्यालय स्थापना गरिएको छ । हेटौंडा उपमहानगरपालिका–४, शीतल महलचोकस्थित पार्टी कार्यालयको बिहीबार एकीकृत समाजवादीका केन्द्रीय सदस्य, बागमती प्रदेश इन्चार्ज केदारप्रसाद न्यौपानेले उद्घाटन गरेका हुन् ।

न्यौपानेले नेताहरूको रगत पसिनाले निर्माण गरिएको पार्टी विसर्जनवादीका हातमा पुगकाले एकीकृत समाजवादी पार्टी निर्माण गर्नुपरेको प्रस्ट्याए । ‘हामीले समाजवादका आधार निर्माण गर्न थाल्यौं, उहाँहरूले त्यसलाई भत्काउन थाल्नुभयो । हामी त्यो पार्टीमा बस्न सकेनौं,’ न्यौपानेले भने । उनले जनतामा आधारित, सिद्घान्तनिष्ठ, बलियो देशव्यापी कम्युनिस्ट पार्टी निर्माण गरिए पनि बलियो कम्युनिस्ट पार्टीलाई छियाछिया पारिएको बताए ।

‘जनक्रान्तिको उपलब्धिबाट प्राप्त भएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिताको रक्षा गर्न हामी लाग्यौं । उहाँहरू त्यो उपललब्धिलाई छिन्नभिन्न बनाउँने काममा लाग्नुभयो,’ न्यौपानेले भने । उनले अहिले एमाले मुद्दा, इमान नभएको कमाउनिस्टहरूको डफ्फा बनेको आरोप लगाए ।

केपी ओली नेतृत्वको एमाले पार्टी संसद् विरोधी भएको जनताले बुझेकाले अब संसद्को सर्वोच्चताको विरोधीले अब कुन मुखले भोट माग्ने भन्दै उनले प्रश्न गरे । ‘समाजवादको मुद्दा ध्वंश गर्ने, प्राप्त उपलब्धि ध्वस्त पार्ने ? अब के मुद्दा लिएर जनताको माझमा जाने ?’ उनले भने, ‘पाँच वर्षलाई दिइएको जनमत तीन वर्षमै दुई–दुई संसद विघटन गर्नेले चुनावमा जनतासँग के भनेर भोट माग्ने ?’

एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलले आफूहरूसामु हिजो जनताका बीचमा गएर गरिएको प्रतिबद्घता पूरा गर्ने दायित्व आइपरेको बताए । यसका लागि उच्च मनोबलका साथ आफूहरू जुट्ने पनि बताए । ‘हाम्रो पार्टीलाई मकवानपुरमा एक नम्बर पार्टीका रूपमा स्थापित गराउँन चाहान्छौं,’ अध्यक्ष पाख्रेलले भने, ‘अब हामी जिल्लाको १० वटै पालिका, एक सय दुईवटै वडामा पार्टीको कार्यक्रम लिएर जानेछौं ।’ सो अवसरमा केन्द्रीय सदस्यहरू ललित बस्नेत, मुनु सिग्देल, सुर्यचन्द्र न्यौपाने, पार्टी मकवानपुरका उपाध्यक्ष मीना लामा, सचिव विष्णु दाहाल उपस्थित थिए ।-न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।